१४ वर्षीय बालिकाको बयान : यदि सरले मलाई बिहे गरेकाे भए म करणीको ‘मुद्दा’ लगाउने थिइन्

सल्यानकाे बागचाैरमा एक महिना अघि शिक्षकबाट ब ला त्कृत भनेर प्रहरीमा जाहेरी दिएकी १४ वर्षीया बालिका (जन्मदर्ताका आधारमा) सपना (परिवर्तित नाम) अहिले सम्पर्क बिहिन भएकी छन् ।

गएकाे साउन ८ गते सपनाले आफ्नै शिक्षकले आफुलाइ बला’त्कार गरेकाे भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।सपनाले आफुमाथी ब ला’त्कार भएकाे प्रहरीमा जाहेरी दिएपछि साउन १० गते सपनाकाे घरमा पुगेर लेकाली अनलाइनले प्रत्यक्ष कुराकानी गरेकाे थियाे । करिब आधा घण्टाकाे कुराकानीमा सपनाले घटनाकाे बारेमा सबै बताएकी छन् ।

कसरी भएकाे थियाे घटना? पी’डित सपना (परिवर्तित नाम) बागचाैर नगरपालिका २ निवासी हुन् भने शिक्षक रामचन्द्र केसी पनि साेहि वडा बासी हुन् । केसीले बागचाैरमै ब्राइट रोजल्याण्ड बोर्डिङ स्कुल संचालन गरिरहेका थिए र उनि बाेर्डिङका एमडी हुन् भने सपनाले साेहि स्कुलमा कक्षा ८ मा अध्ययन गर्थिन् ।

सपनाकाे पहिले अर्का एक केटासँग प्रेम थियाे । त्याे प्रेम घर परिवारले थाहा पाएपछि पछि उक्त केटा सँगकाे प्रेम वि’छेद भयाे । सपनाका बुबा बिदेशमा थिए । छाेरीकाे अर्का केटा सँग प्रेम भएकाे उनले थाहा पाएपछि रामचन्द्रलाइ आफ्नी छाेरीलाइ सम्झाइदिन र राम्राे सँग पढाइदिन उनले आग्रह गरेका थिए ।

त्यहि कारणले सुरु सुरुमा रामचन्द्रले आफ्नै छाेरी जस्तै ठानेर सपनालाइ सम्झाउने र पढाउने गर्थे । तर पछि शिक्षकले पनि सपनामाथी कु’दृष्टिले हेर्न सुरु गरे ।याै न प्रस्तावकाे सुरु कहाँबाट भयाे? २०७६ मंसिरमा विद्यालयबाट शिक्षक, शिक्षिका र विद्यार्थी किबी खेतिकाे अवलाेकन गर्ने गाडी रिजर्भ गरेर राेल्पा गए । राेल्पाबाट फर्किने बेला अध्याराे भैसकेकाे थियाे । गाडीमा शिक्षक केसी अगाडीकाे क्याविन सिट छाेडेर बिचकाे सिटमा बसेकी सपनाकाे सिटमा आएर बसे ।

सपना सँग बसेपछि उनले गाडीकाे बत्ति समेत बन्द गरे । त्यसपछि सपनाकाे श’रिरमा हात लिएर छुन थाले । सपनाले असहज मान्दै शिक्षकलाइ ह ल्ला गरिदिन्छु थालेपछि उनिले केहि गरेनन् ।बाइकमा सर र म सँगै गयाैं । बाटाेमा सरले एउटा हातले हेन्डिल समाउनु हुन्थ्याे, अर्काे हातले पछाडी मेराे घुँडा समाउनु हुन्थ्याे । 

त्यसपछि २०७६ पुस २४ गते श्रीनगरमा प्यवसन सल्यानकाे वार्षिकत्वस कार्यक्रम थियाे। कार्यक्रममा सबै विद्यार्थीहरुलाइ लिनकाे लागि ब्राइट रोजल्याण्ड बोर्डिङ स्कुलले एउटा गाडी रिजर्भ गर्याे । कार्यक्रममा सपनाले नृत्य पनि देखाउने तालिका थियाे ।

गाडीमा सबै शिक्षक, शिक्षिका र विद्यार्थीहरु गए तर रामचन्द्र केसीले सपनालाइ आफुले बाइकमा लिने भन्दै गाडीमा जान दिएनन् । गाडी अगाडी गयाे । सपना र रामचन्द्र पछाडी बाइकमा गए ।सपना भन्छिन्, ‘बाइकमा सर र म सँगै गयाैं । बाटाेमा सरले एउटा हातले हेन्डिल समाउनु हुन्थ्याे, अर्काे हातले पछाडी मेराे घुँडा समाउनु हुन्थ्याे । मैले सर यस्ताे किन गर्नुहुन्छ भनेर साेध्दा उहाँले बाइक यसरी नै चलाउछन् भनेर जवाफ दिनुभयाे । अनि मैले पनि यस्तै हाेला त भनेर केहि भनिन् ।

श्रीनगरमा पुगेपछि सपनाले कार्यक्रममा नृत्य पनि देखाइन् । साँझ कार्यक्रम सकिएपछि रामचन्द्रले रिजर्भ गरेकाे गाडीलाइ अगाडी जान भने तर आफ्नाे बाइक बि ग्रिएकाे भन्दै मर्मत गर्न तिर लागे । बाइक मर्मत गर्दा र अन्य व्यक्तिहरु सँग गफगाफ गर्दा गर्दै श्रीनगरबाट साँझ ७ बजे सपना र रामचन्द्र बागचाैर तर्फ हिडे ।

सपना भन्छिन् ‘श्रीनगरबाट हिड्दा रात परिसकेकाे थियाे । चाख्लिघाट नजिकैकाे जंगलमा आउँदा सरले बाइक राेक्नु भयाे । अनि माथी डाँडातिर जाउँ भन्दै मलाइ बाइकबाट झर्न आग्रह गर्नु भयाे । तर म बाइकबाट झर्न मानिन् ।

त्यतिकैमा उता रिजर्भ गाडीमा हुनुभएकाे सरहरुले रामचन्द्र सरलाइ किन ढिला गरेकाे भन्दै फाेन गर्नु भयाे । जवाफमा रामचन्द्र सरले मेराे बाटाेमा बाइक बि ग्रेकाे छ भन्नु भयाे । त्यसाेभए हामी गाडी लिएर आम भन्दै सरहरुले प्रश्न गर्नुभयाे । पर्दैन एकैछिनमा बाइक बन्छ । हामी आइहाल्छाैं, तपाइहरु जाँदै गर्नुहाेस भनेर रामचन्द्र सरले जवाफ दिनु भयाे।’

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post