बागलुङ जिल्लाको गलकोट नगरपालिका ५ हिस्लाङ निवासी तुल कुमारी श्रीसको अनुहार दिनँहु सुन्निन थालेपछी काठमाण्डौंको बि एण्ड बि अस्पतालमा भर्ना हुनुभयो ।
शरिर, हातगोडा तथा अनुसार समेत सुन्निएको अवस्थामा भर्ना हुनुभएकि श्रीसको मृगौलामा स’मस्या रहेको भन्दै अस्पतालले सुमेरु अस्पतालमा रिफ्र गर्यो ।सुमेरु अस्पतालमा डाक्टर किरणमान श्रेष्ठ सहितको बिशेषज्ञ टोलीले उपचार गर्दा उहाँको दुबै मृगौला फे,ल भएकोले नियमित डायनासिस गर्न सुझाउनुभयो ।
उहाँको जिवन रक्षाको निम्ती डायनासिस बाहेक मृगौला प्रत्यारोपण अर्को उपचार पद्धत्ति रहेको डाक्टरको सल्लाह अनुसार नियमित डायनासिस गर्ने तथा मृगौला दिने ब्यक्तीको खोजिमा परिवार जुटेको थियो ।
सामान्य परिवारमा जन्मनुभएकी ४४ बर्षिया श्रीसले हप्तामा २ पटक सुमेरु अस्पतालमा डायलासिस् गरिरहदाँ नेपाल सरकारले उपलब्ध गराएको निशुल्क सेवामा स्थान पाएपछि निदान अस्पतालमा निरन्तर डायनासिस गरिरहनुभएको थियो ।श्रीसलाई मृगौला दिन भन्दै उहाँकी बहिनी ३५ बर्षिया यामु श्रीस गत पौषमा काठमाण्डौं जानुभयो । आर्थिक अवस्था कमजोर रहेका दान बहादुर श्रीसलाई छोरीको मृगौला फेल भएको खबरले दिनँहु पि,रोल्थ्यो ।
दिनहुँ मजदुरी गर्ने श्रीसले झिनो आशा लिएर मृगौला प्रत्यारोपण गर्न सर सापट गरेर केही पैसा जोहो गदैं काठमाण्डौं त पुग्नुभयो तर उहाँँको आशा निराशामा बदलिएको छ ।मृगौला दिन जानुभएकी यामु श्रीसको स्वास्थ्य परिक्षण गर्न बिएण्ड बि अस्पतालमा जादा उहाँले मृगौला दिन नमिल्ने डाक्टरले सुझाब दिदै उहाँको समेत मृगौलामा समस्या रहेको बताए । केही आशामा अस्पतालमा पुगेका श्रीसको परिवार निरास बन्दै सुमेरु अस्पतालमा पुगे ।
अस्पतालमा डाक्टर संग परामर्श गदै गर्दा यामुको शरिर तथा अनुहार एकाएक सुन्निन थाल्यो, उहाँलाई रिंगटा लागेको भन्दै ईमरजेन्सीमा भर्ना गरेको उहाँका भाई भुपाल श्रीसले बताउनुभयो ।पहिला कुनै लक्षण थिएन अस्पतालमा पुगेपछि अनुहार सुन्निदै गयो, दिदीले रिगंटा लाग्यो भनेकोले भर्ना गर्यौं, श्रीसले भन्नुभयो, उपचारको क्रममा उहाँको शरिरमा रगतको अभाब भएको, दुबै मृगौला फे,ल भएको रि,पोर्ट आयों ।
श्रीसलाई ५ दिन आईसियुमा राखेर उपचार गरिएको तथा रगत चढाउने काम भएको श्रीसको भनाई छ ।दुबै मृगौला फेल भएर जटिल अवस्थामा मात्रै मृगौला फे,ल भएको थाहा भएकोले आईसियुमा राखेर उपचार गर्नुपरेको सुमेरु अस्पतालका डाक्टर सन्जिव अधिकारीले बताउनुभयो ।
आफ्ना दुई सन्तानको अहिले दुबै मृगौला फेल भएर अस्पतालमा जिवन मरणको यात्रामा रहेको बताउदै दान बहादुर श्रीसले उपचार पनि महँगों भएकोले छोरीको उपचार गर्न नसकिने अबस्था आएको बताउनुभयो ।
दुई छोरीकै मृगौला फेल भएकोले अस्पतालमा छन् श्रीसले भन्नुभयो, बाबु भएर छोरीको उपचार गर्न समेत सकिन् श्रीस एकाएक भक्कानिनुभयो । श्रीस दिदीबहीनीको उपचारको लागि परिवारले आर्थिक सहयोगको लागि आग्रह गरेको छ ।
तुल कुमारी श्रीस दिदीको मृगौला प्रत्यारोपणको लागि अन्य तयारी भएको थियो, भाई भुपाल श्रीसले भन्नुभयो, मृगौला दिने दिदीको मृगौला फे,ल भएपछि मृगौला प्रत्यारोपण अलपत्र परेको उहाँको भनाई छ ।
श्रीस दिदी बहिनीको स्वास्थ्य उपचारको लागि सक्दो सहयोग गर्न गलकोट नगरपालिका वडा नम्वर ५ को कार्यालयले समेत आग्रह गरेको छ । काठमाण्डौं स्थिीत सुमेरु अस्पताल तथा निदान अस्पतालमा श्रीस दिदी बहिनीको उपचार भैरहेको परिवारले जनाएको छ ।