साउदीबाट आएको नेपाली छोराको भिडियोले सबै स्तब्ध, थामिदैनन् आँशु [ भिडियोसहित ]

काठमाडौ । साउदी अरबबाट सामाजिक सञ्जाल फेसबुकमा आएको एउटा भिडियोले दुनियाँलाई नै स्तब्ध बनाएको छ ।दुई बर्ष अघि न्यू वल्ड ओभरसिज प्रा.लि. चापागाउँ ललितपुरबाट रोजगारीका लागि साउदी पुगेका एक ।

नेपालीको अवस्था उक्त भिडियोमा देखिएको छ । भिडियो देख्दा जो कोहीको आँखाबाट आँशु रोकिन्न ।साउदीको जेद्धामा एउट कोठामा उनी छटपटाइरहेका हुन्छन् । लावाङ्ग लामाले भिडियो फेसबुकमा लाईभ गर्छन् ।भिडियोमा भनिरहेको सुन्न सकिन्छ अहिले म साउदीको जेद्धामा छु । यहाँ नेपालको गाउँभन्दापनि कहालीलाग्दो अवस्था छ । न बत्ति छ न त एसी नै । पिउने पानीपनि पाइएको छैन । उनको भिडियोमा देख्न सकिन्छ एक नेपाली छोरा पेट थिचेर छटपटाइरहेका हुन्छन् ।

भिडियो हेर्दा उनलाई असाध्यै पिडा भएको छ । उनी भूइमा छटपटाइरहेका हुन्छन् । भिडियो खिचिरहेकाले यी साथी १८ महिनादेखि बिरामी परेको र आज निक्कै साह्रो परेको भनिरहेका छन् ।केही साथ सहयोग गर्यो वा छोएर पक्रिएर पिडामा साथ दियो र पछि घटना भयो भने आफै फस्ने कानून भएकाले आफूहरु छुन नसकिरहेको भन्छन् ।

उनी पानी–पानी भन्दै छटपटाइरहेका हुन्छन् । भिडियो खिच्ने साथी के गर्नु आँशु बगिरहेको छ यो पिडा हेर्दा तर छोयो भने आफै परिन्छ ।उनले भिडियोमा आयुश भाई भनिरहेका हुन्छन् । न्यू वल्ड ओभरसिज् को प्रमुख तिलक काभ्रे हो भनेका छन् । कम्पनीले गुहार माग्दा उल्टै बक्ति बन्द गरिदिएको छ । हाम्रो विजोग छ भनिरहेका हुन्छन् ।

यहाँको कानून यही छ । यहाँ आएपछि कम्पनीले तलबपनि दिएको छैन । नेपालपनि पठाउँदैन । कम्पनीले कुनै कागजात दिएको छैन । अस्पताल लिएर गएपनि कम्पनीले कुनै कागज नदिएका कारण भर्ना गर्दैन ।

बाहिर बाटोमा फ्याल्नपनि सकिन्न । के गरौँ । यो भिडियो सक्दो सेयर गरेर नेपालका सम्बन्धित व्यक्तिसम्म पुर्याईदिनु भन्दै उनले आग्रह गरिरहेका हुन्छन् । त्यहाँ अरु दुई जनापनि देखिन्छन् । अब चै पुलिसलाई फोन गरौँ है । गैर कानूनी भएको कारबाही खेपेपनि खेपौँ ।

मेरे सबै एकसाथ मरिएला भन्ने सल्लाह गरिरहेका हुन्छन् । त्यसपछि भिडियो सकिन्छ । भिडियो ६ मिनेट ५५ सेकेण्डको छ । भिडियोमा उक्त व्यक्ति को हुन् भन्ने भनिएको छैन । तर यो नेपालीको एक पिडा जो कोहीले देख्न सकिन्न । यो भिडियो र सामाग्री सम्बन्धित निकायमा पुर्याएर उनको उद्धार र उपचारमा सबै नेपाली हातेमालो गरौँ ।

हेर्नुहोस् भिडियो


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post