आँपको बगैँचामा २५ वर्षीया युवतीको शव फेला,बलात्कार पछी हत्या गरेको हुन सक्ने आशंका

माघ ६-एक २५ वर्षीया युवतीको शव आँपको बगैँचामा फेला परेको छ । धनुषाको धनषाधाम नगरपालिका–६ स्थित मालटोलमा अवस्थित आँपको बगैँचामा सो युवतीको हत्या भएको अवस्थामा शव फेला परेको हो ।

युवतीको शव टाउको फुटेको र रगतले लतपतिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दिपक रायले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार युवतीको पहिचान खुलिसकेको छैन । ती युवतीको शवको प्रकृति हेर्दा बलात्कार गरेर हत्या गरेको हुन सक्ने आशंका धनुषा प्रहरीले गरेको छ । घटना बारे थप अनुसन्धान अगाडि बढाएको प्रवक्ता रायले बताउनुभयो ।

फसबुकमा पछ्याउनुहो

स्यो पनि पढ्नुहोस – जनकपुरमा एक पुरुषको शव बोरामा फालिएको अवस्थामा फेला परेको छ । अन्दाजी ५५ वर्षीय पुरुषको शव मंगलबार फेला परेको प्रहरीले जनाएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीस्थित आँप बगैंचामा शव फेला परेको हो ।

बोरामा शव देखेपछि स्थानीयले खबर गर्दा पुगेको प्रहरी टोलीले शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए ।उनका अनुसार मृतक पुरुषको घाँटीमा निलडाम देखिएको छ । ‘उनले आत्महत्या गरेका हुन् कि कसैले हत्या गरेको हो भन्ने विषयमा पोष्टमार्टको रिपोर्ट आएपछि खुल्छ,’ उनले भने ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post