श्रीमान् श्रीमतिबिच सामान्य भनाभन स्वभाविक नै मानिन्छ । केही समयपछि यो आफैं साम्य हुन्छ । कतिपय यस्ता वि,वादलाई परालको आगो समेत भन्ने गरिन्छ।
जुन तुरुन्तै निभ्ने गर्छन् । तर पत्निले भनेका कुरा इखका रुपमा लिए के होला? त्यस्तै अनौठो घ,टना मोरङमा भएको छ ।एक ५८ बर्षिय पुरुषले आफ्नो श्रीमतिले कच-कच गरेको भन्दै ४८ बर्षिया श्रीमतिलाई यो सन्सारबाटै बिदा गरिदिएका छन् । बेलबारी नगरपालिका–७ बाहुनीमा आफ्नै श्रीमतीको ज्यान लिएको अभियोगमा अहिले ती पुरुष प,क्राउ परेका छन् ।
उनले काठको मुङ्ग्रो प्रयोग गरेको घ,टनास्थलवाट देखिएको छ । ५४ वर्षीय अम्बिका घिमिरेले ४८ वर्षीया सीता घिमिरेको ज्या,न लिएको मोरङ प्रहरीका निमित्त प्रमुख डीएसपी मञ्जील मुकारुङले जानकारी दिए ।उनका अनुसार बिहान ५ बजेतिर घरभित्र ओछ्यानमा महिला मृ त भेटिएकी थिइन् ।
सिरानीले छोपेको अवस्थामा कपालसमेत लागेको मुङ्ग्रो पनि फेला परेको प्रहरीले जनाएको छ । प्रहरी घरमा पुग्दा श्रीमतीसँग एउटै ओछ्यानका अम्बिका भने थिएनन् ।प्रारम्भिक अनुसन्धानबाट बिहानका राति साढे दुई बजेतिर घ,टना भएको हुनसक्ने बताइएको छ ।
एउटै ओछ्यानमा सु ते की श्रीमतीको ज्या,न लिएर उनी सम्पर्क विहिन भएका थिए ।अम्बिकालाई प्रहरीले गाउँबाटै प,क्राउ गरेको थियो भने श,व पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।
खोटाङ घर भएको घिमिरे परिवार छ वर्षअघि मात्रै बसाइँ सरेर बाहुनी आएको वडाध्यक्ष चेतराज बस्नेतले जानकारी दिए । उनका अनुसार भारतको आसाम पुगेर फर्किएको भन्दै परिवारबाट सम्पर्कविहीन बनेको निक्कै लामो समयपछि अम्बिका आएका थिए । लामो समयपछि अम्बिका दुई वर्षअघि मात्रै परिवारको सम्पर्कमा आएरसँगै बस्न थालेको उनको भनाइ छ ।