अचम्मको प्रतिभा भएका यी ७ वर्षका बालक,सचिन परियार भन्दा यस्तो तगडा छन् (भिडियो हेर्नुस्)

म्याग्दी जिल्ला बेनी नगरपालिकाको वडा नं २ ज्यामुर्कोटका विपिन परियार हेर्दा सचिन परियार जस्तै देखिन्छन् ।विपिनलाई आमाले गर्वमा आएको ७ महिना मै जन्मदिएकी थिइन् ।

विपिनसंग निकै मीठो प्रतिभा छ ।उनको बोल्ने शैली र गफले हामीलाई मोहित बनाएको छ ।सचिन परियार आफुलाई साथी जस्तै लाग्ने र उनको गीतपनि आफुलाई निकै मनपर्ने गरेको उनले बताए ।विपिन आफैंपनि निकै मीठो गीत गाउने गरेका छन् ।घरमा मोबाईल र टिभी नभएर गीत सिक्न नपाएको र टिभी भएको भए नाच्न र गाउन आफू अझै अघि सर्ने उनले बताए ।

घरमा को को छौ भनेर हामीले सोधेको प्रश्नमा उनले भाइ,दिदी,बुबा,आमा,भैंसी,कुखुरा र केही चार खुट्टे जनावर भएको कुरा बताए ।कक्षा २ मा पढ्दै गरेका विपिन लकडाउन र कोरोनाले गर्दा अगाडि पढ्न गाह्रो भएको भन्छन् ।

घरमा आमाबुबालाई सघाउन घाँस दाउरा गर्ने गरेका विपिन आफुलाई धेरै पढ्ने रहर भएको बताउछन् ।तर घरको अवस्था र आर्थिक चापले गर्दा आफू अगाडी बढ्न नसकेको उनी प्रष्ट रुपमा खुलाउछन् ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post