एउटै आगन जोडिएको नेपाल र भारतको घर मा पुगे सन्तोष देउजा

अन्तरास्ट्रिय सिमाना भन्ने बित्तिकै हामी सबैको मनमा हतियारधारी सुरक्षाकर्मी तैनाथ हुनु, सिमानामा कुनै तारबार या केही त्यस्तै छेकबार लगायतको एउटा सोचाई हुने गर्दछ । तर सबै ठाउँमा त्यस्तो दृश्य हुदैँन । थुप्रै देशका सिमानाहरु हामिले यस्ता पनि देखेका छौ

 कि एउटै गरको एउटा कोठा पनि दुई देशका सिमाना रहेका छन । हाम्रै देश नेपाल त भारतमा पनि यस्तै खालका सिमानाहरु छन । जहाँ दुई देशको सिमाना हो जस्तो लाग्दैन ।बारा जिल्लाको एक गाउँ छ जहाँ दुई देशको सिमाना भएता पनि दुबै देशका नागरिकहरु एउटै आगन भएर बसेका छन ।

बारा जिल्लाको मटिअरुवा गाउँ यसैको एक उदाहरण हो । बारा जिल्लाको सदरमुकाम कलैयाबाट ८ किलोमीटर दक्षिणमा पर्दछ यो गाउँ । यहाँ भारततर्फ जाने मुख्य बाटोमा भने दुबै तर्फका सुरक्षाकर्मिहरु देखिन्छन । तर गाउँमा भने भारतिय र नेपालिहरु ओल्लो घर पल्लो घर बनेर बसेका छन । उनिहरु एउटै गाउँका छिमेकिको रुपमा बसेको देखिन्छ ।

कहिलेकाही नेपाल भारत सिमानामा विभिन्न झडपहरु हुने गरेका घटनाहरु पनि हामिले सुन्ने गरेका छौ । तर एउटै आगन जोडिएर छिमेकी भएर बसेका मटिअरुवामा अहिलेसम्म यस्तो अवस्था कहिल्यै नआएको त्यहाका स्थानियहरु बताउँछन । आफुहरु त्यस्तो अवस्था कहिल्यै नआओस भन्ने पक्षमा पनि रहेको उनिहरुले बताएका छन । मटिअरुवा पुग्दा त्यहाँ दुई देशको सिमाना छ भन्ने छुट्याउन पनि दशगजा नै हेर्दा मात्र थाहा हुने अवस्था रहेको देखिन्छ

त्यहा बस्ने भारतिय र नेपाली सिमाना वारपार गर्न कुनै बन्देज छैन । त्यहाँका केटाकेटीहरु एक अर्काको ठाउँमा गएर खेल्दै गरेको देख्न सकिन्छ । नेपाली भुमिमा भारतियले परालको थुप्रो राखेको देखिन्छ भने भारतिय भुमिमा नेपालिले भैसी, बाख्रा बाधेको साथै गोबरको गुईठा सुकाएको देखिन्छ । त्यहाँ दुई देशको सिमाना भन्दा पनि एउटा गाउँ जस्तै रहेको र खाली भएको जमिनमा एक अर्का देशका नागरिकहरुले उपयोग गरेको देख्न सकिन्छ ।

हेर्नुहोस भिडियो 

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post