काठमाडौ । कैलालीमा भएको एक घटनाले सामाजिक सञ्जालमा चर्चा पाएको छ । लम्की चुहा नगरपालिका १ लम्कीमा भएको घटना सार्वजनिक भएको हो ।
हुर्कदै गरेको सानो छोराले ममी छिटो आउनु तपाईको निकै माया लागेको छ भन्दै धरधरी रोएका छन् । छोरो त्यसरी रुदै आमाको याद गरेको देखेर बुवाले पनि मन थाम्न सकेका छैनन् ।छोरा छोडेर ३२ वर्षको महिला भावना भण्डारी अ१३ वर्षको छोरा र ४० वर्ष भन्दा माथिका श्रीमान छोडेर हराएकी हुन् । विमा कम्पनीको एजेण्टको रुपमा काम गर्ने भावनाले गाउँलेको समेत लाखौं रुपैया समेत लिएर गएको बताइएको छ ।
श्रीमान घरमै थिए, छोरा पनि घरमा नै थिए, तर वर्दियाका १९ वर्षका युवासंग गएको श्रीमानको दावी छ । झण्डै आफ्नो छोराको उमेर बराबरका युवासंग श्रीमती गएको भन्दै श्रीमानले दावी गरेका हुन् ।
श्रीमती भावना र ति १९ वर्षका युवाका तस्बिर समेत आफुसंग भएको उनले बताएका छन् । प्रेमी प्रेमीकाले गर्ने जस्तो हर्कत गरेका तस्बिर आफुसंग भएको श्रीमानको भनाई छ ।श्रीमतीको काखमा बसेको, कपाल तानेको, काँधमा चढेको फोटो छ , श्रीमान भन्छन् । ति फोटोहरु देख्दा निकै नराम्रो लागेको छ ।
सञ्जय भण्डारी उनका श्रीमान हुन् । उनी भन्छन्, छोराका लागि भएपनि एक पटक उ घर आओस् । छोरालाई सम्झाएर बुझाएर जे गर्न मन लाग्छ त्यही गरे हुन्थ्यो, उनले रुँदै भने ।सञ्जय हेदा अलि सोझा देखिन्छन् ।
विमा कम्पनीमा एजेण्टको रुपमा काम गरेकी भावनालाई समाजवाट उठाएको ब्यवहार मिलाउन र छोरालाई पनि सम्झाउनका लागि घर फर्कन आग्रह गरेका छन् ।