एक युवा १८ महिनादेखि स्वास्थ्य समस्याका कारण छटपटाइ रहेका छन् । उनको अवस्था देख्दा एक मनले कठै भन्न मन लाग्छ ।****भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोला****
अर्को मनले यी सोझा सीधा नेपाली युवालाई यस्तो अवस्थामा पुर्याउनेहरुमाथि मध्ययुगीन सजाय होस् भन्ने पनि लाग्छ ।व्यथाले यो हदसम्म पुर्याउँदा पनि आयुषको उपचार खर्च भएन । नेपाल फर्किन्छु भन्दा कम्पनीले दिएन र नेपालको म्यानपावरले यी युवाको पीडा महशुस गरेन । मेनपावरले उनको जिम्मा पनि लिएन ।
डिसेम्बर १६, २०१९ मा उनी साथीसँगै साउदी पुगे । छारे रोग जस्तो देखिने समस्याबाट १८ महिनादेखि आयुष थलिएका छन् । यसबीच उनले न उपचार पाए, न खाने बस्ने सुविधा नै ।जाजरकोटका आयुष राना छटपटाएको १८ महिना भयो । तर उनलाई साउदी पुर्याउने ललितपुरको न्यू वल्र्ड ओभरसिज म्यानपावरले नेपाल फर्काउने दया देखाएन । उनी हुन् भेरी नगरपालिका –१ रावतगाउँका स्थायी बासिन्दा हुन् । ****भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोला****