काठमाडौ, ८ माघ ;- काठमाडौंका विभिन्न क्षेत्रमा शुक्रबार तीन जनाको शव भेटिएको छ । बुढानीलकण्ठ नगरपालिका-२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै काठमाडौँ महानगरपालिका-१९ ढोकाटोलस्थित सडकपेटीमा एक पुरुष र पहिचान नखुलेकै करीब ४५ वर्षीय अर्का पुरुष पनि काठमाडौँ-१९ मै मृत्त फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।तीन वटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । ****भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला****