काठमाडौँ । साताको चौँथो दिन अर्थात आज (बुधबार) नेपाली बजारमा सुनको भाउ झन् उकालो लागेको छ । मंगलबार प्रतितोला ५०० रुपैयाँले घटेको सुनको भाउ आज बुधबार पनि तोलामा ४०० रुपैयाँ बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन मंगलबार ९३ हजार रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।