पोखराको लेकसाइड आन्तरिक तथा बाह्य पर्यटकहरुको अत्याधिक चहलपहल हुने स्थान हो । फेवातालको किनारमा रहेको फुट ट्र्याकमा एक अनौठा मानिस केही दिन देखि भेटिए ।
उनी पुरै गोल्डेन रंङ पोतेर बनाईएको पुत्ला जस्तै देखिन्छन । पुत्ला जस्तै हलचल नगरी धेरै समयसम्म उभिरहेको देख्ने जो कोहिलाई पनि लाग्छ कि यो पुत्ला नै हो । तर उनी पुत्ला नभएर जिउदो मानिस नै हुन । करिव ३/४ दिन अघिबाट उनी त्यहा आएर त्यसरी बस्न थालेको एक होटल संचालकले बताए ।
त्यहाँ घुम्न आउने थुप्रैले उनिसगँ फोटो खिचाएको देखिन्छ । तर फोटो खिचाउने सबैले उनलाई पुत्ला नै सोचेका रहेछन । लेकसाइडमा होटल गर्दै आएका सुजित थापाका अनुसार ती ब्याक्ती अंग्रेजी नयाँ वर्षको दिन बाट आफ्नो होटल अगाडि पट्टि रहेको खाली स्थानमा त्यसरी बस्न थालेको बताए ।
उनी १/२ घण्टा सम्म मुर्ती जस्तै हलचल नगरी एउटा पोजिसनमा उभिरहन सक्छन । उनको यस्तो प्रतिभा निकै अनौठो छ । यो संभवत नेपालमा पहिलो नै होला ।उनी हुन ओखलढुंगाका अंकित साही । करिव १०/१२ वर्ष अघि देखि आफुले यहि कार्य गर्दै आएको उनले बताए । पहिले आफू ईन्डिया बस्ने र उतै गर्ने गरेको अंकितले बताए । तर नेपालमै केही नयाँ देखाउने इच्छा भएर २/३ दिन अघिबाट यहाँ आएर बसेको अंकितको भनाई छ । निरन्तर प्रयास गर्दै जादाँ सबै कुरा गर्न सकिने उनको भनाई छ ।
यसरी उभिर हलचल नगरी दिन बिताउनु आफ्नो आदत नै भै सकेको अंकितले बताएका छन । आफुले यहि काममा १० वर्ष भन्दा धेरै समय बिताइसकेकोले गार्हो नलाग्ने अंकितको भनाई छ ।आफू ईन्डियाबाट नेपाल आए पछि केही ब्यावसाय गरेर बसेको अंकितले बताए । लकडाउन पछि ब्यावसाय पनि बन्द भए पछि केही नया गरौँ भन्ने आफ्नो सोच भएको उनले बताए । आफुले पहिले पनि यो काम गरेको हुनाले यसैलाई नेपालमै निरंतरता दिने सोच आएको हुनाले फेरि यहि काम गरेको उनको भनाई छ ।
अंकित उभिएको अगाडि एउटा उनकै ड्रेससग मिल्दोजुल्दो रङको बक्स पनि राखिएको देखिन्छ । आफ्नो इच्छाले सहयोग गर्ने मन हुनेहरुका लागि सहयोग गर्न उनले त्यो राखेका हुन ।आफू दैनिक ११ बजे आएर ५ बजे फर्किने अंकित बताउँछन । पोखरामै बस्दै आएका अंकितको परिवारमा आमा र बहिनी रहेको बताए ।
अहिलेसम्म जसो तसो यहाबाट केही सहयोग गरेको पैसाले खान पुग्ने गरेको उनको भनाई छ । अहिले नेपालमा त्यति धेरै यश बारेमा थाहा नभएकोले यो के होला भने जस्तो थुप्रैले अचम्म मान्ने गरेको अंकितको भनाई छ । आफू त्यसरी बस्दा कतिपयले मान्छे नै हो भन्ने चिनेता पनि कतिपयले भने मुर्ती नै भन्ने सोचले फोटो खिचाएर जाने उनले बताए ।
भिडियो हेर्नुस :-