मुकुन्देकी दुलहीलाई बुबाले घर भित्राउन नदिएपछि यस्तोसम्म भयो (भिडियो हेर्नुस्)


सामाजिक संजालमा बिबादास्पद टि’प्पणीहरु गर्दै चर्चामा आएका ब्याक्ती हुन मुकुन्द घिमिरे (मुकुन्दे) । हुन त उनको चर्चा पहिलेदेखि नै थियो । रत्नपार्को रुखमा चढेर उनी त्यहाँबाट हिड्ने हरुले सुन्ने गरि भाषण गर्दा देखि नै उनी चर्चामा आएका थिए ।

इन्जिनियरिङ बिषयको अध्ययन गरेका मुकुन्दे राजाको विरुद्ध बोलेको भन्दै जेल पनि बसेका थिए । निकै लामो समयदेखी उनी आफ्नो बिबाहको चर्चा पनि गर्दै आएका थिए । अन्त्यमा अहिले भने उनको बिबाह हुने भएको छ ।केही हप्ता अघि मुकुन्देले झापाकी इन्दिरा संगौलासगँ फुलमाला गरेका थिए भने उनको बिबाह मंसिर २७ गतेका लागि तोकिएको थियो ।

अहिले उनको घरमा पुग्दा भने घरमा बिबाहको कुनै उल्लास थिएन । सामान्य जस्तै घर सुनसान नै देखिन्थ्यो । यसबारे मुकुन्देसगं बुझ्दा कतै आफ्नो आफन्त पर्ने कै मृत्यु भएको भनी घरमा अल्छी गरेको जवाफ मुकुन्देले दिए । तर बेहुली पक्षमा भने भब्य तयारी भएको बुझिएको मुकुन्देको भनाई थियो । घरमा भने भाईहरु पनि अशंबण्डा गरेको समय पनि भएकोले बाहाना पाएर भड्किएको उनले बताए ।

दुलहा र दुलही भए पछि बिबाह सम्पन्न हुने पनि मुकुन्देले बताए । आफुहरुले कहिल्यै नदेखेको नचिनेको मान्छे मृत्यु भएको भन्दै उनले त्यसले बिबाह नरोकिने बताए । घरमै त्यस्तो भएको भए रोकिन्थ्यो तर अन्य सबै घिमिरेहरुको आफुहरुले ठेक्का नलिएको पनि मुकुन्देले बताए । तर उनको घरमा भोज भतेरको लागि बस्ने ठाउँ लगायत बनाउनका लागि सामान भने ल्याएको देखिन्थ्यो ।

त्यस बारेमा भने सबै कुराको तयारी गर्दै गर्दा त्यस्तो खबर सुनेर अहिले रोकिएको उनले बताए । अब भोज भतेर चै समयानुकूल मिलाएर गर्ने उनले बताए । अहिले बिबाह मात्र हुने उनको भनाई थियो ।

मंसिर ११ गतेको फुलमाले एमाले पार्टीको महाधिवेशन छायाँमा पारेको जस्तै आफ्नो २७ गतेको बिहेले कांग्रेसको महाधिवेशन पनि सामाजिक संजालमा चर्चाको हिसाबले छायाँमा पार्ने आफुलाई लागेको पनि मुकुन्देले बताएका छन । मुकुन्देको गाउँका स्थानियले भने मुकुन्देले सामाजिक संजालमा आफुहरुलाई मासु खान नै नपाएको जस्तै गरि दात तिराखेर राख भने लेखेको भन्दै रुष्ट भएको पनि बताए । त्यस बारे भने मुकुन्देले अहिले खसी नकाट्ने भए पछि मासु खान नपाइने भयो भनेर रिसाएको प्रतिक्रिया दिए । तर आफू केही समय पछि भोज दिने बताए ।

मुकुन्देका बुबाले भने घरमा जुठो परेकोले गर्दा घरबाट आफुहरु बेहुला नअन्माउने बताए । यदि मन्दिरबाट अन्मिएर जाने हो भने आफुहरु समती दिने मुकुन्देका बुबाले बताए । जुठो नसकी घरबाट अन्माउनु र भित्राउनु नहुने भएकोले आफुहतु घरबाट नअन्माउने बताए । बाहिर बाटै बिहाह गर्न भने सकिने मुकुन्देका बुबाले बताए । तर यता मुकुन्देले भने अहिले सामान्य बिबाद घरमा भएता पनि आफू घरबाटै अन्मिएर जाने र दुलही ल्याएर घर भित्र नै भित्राउने बताए ।

भिडियो हेर्नुस :

-

Post a Comment

Previous Post Next Post