युट्युब ट्रेन्डिङमा पर्न सफल कमेडी सिरियल ‘उकुसमुकुस’(भिडियो हेर्नुहोस)

काठमाडौं, दर्शकले युट्युबमा हास्य सिरियललाई निक्कै रुचाएका छन् । त्यसैले पनि युट्युबको ट्रेन्डिङमा हास्य सिरियलहरुकै वर्चस्व देखिन्छ ।

विगत १० भागदेखि प्रसारण भइरहेको कमेडी सिरियल ‘उकुस मुकुस’लाई पनि दर्शकले रुचाएको यसको निर्माणपक्षले बताएको छ । सार्वजनिक १० भागमध्ये चारवटा भाग नेपालको युट्युब ट्रेन्डिङमा परेको निर्माणपक्षको भनाइ छ ।

यो सिरियलमा दिलीप तामाङ ‘हुरहुर’, वेदना राई, देवी आले, प्रकाश लिम्बू, नहकुल भट्टराई, टुल्कु तामाङ, रमेश बुढामगर, दीपक लम्साल, सोहन थापा, जयनन्द लामा, रामचन्द्र अधिकारी लगायतका कलाकारको अभिनय छ ।यो सिरियलमा पटकथा तथा संवाद केदारप्रसाद घिमिरे र दिलीप तामाङको छ । यस्तै, लेखन सुपरीवेक्षणको रुपमा केदारप्रसाद घिमिरेले काम गरेका छन् ।

लोकचन्द्र थापाको छायांकन रहेको यो सिरियलमा सुविन दाहालको सम्पादन, नहकुल भट्टराईको लगानी, दिलीप तामाङ र सीतादेवी तिमिल्सिनाको निर्देशन रहेको छ ।आफूहरुले सिरियलमा गाउँघरका विषयवस्तुलाई उठान गरेकाले पनि दर्शकले रुचाएको निर्माता नहकुल भट्टराईले जानकारी दिए। ‘उकुसमुकुस’को पछिल्लो भाग नेपालको युट्युब ट्रेन्डिङको नवौं नम्बरमा छ ।

भिडियो हेर्नुहोस

Post a Comment

Previous Post Next Post