यी छात्राले स्कुल झोला भिरेर गरेको जिम्न्यास्टिक भाईरल (भिडियो सहित)

जिम्न्यास्टिकलाई ‘मदर अफ अल स्पोर्टस्’ भनिन्छ । यो एक प्रकारको प्रदर्शनी खेल हो, जुन उफ्रेर खेलिन्छ। जिमन्यास्टिकबाट नै जिमको विकास भएको हो। फिटनेसको हिसाबले पनि यो खेल प्रभाव`कारी मानिन्छ।

यो खेलको प्रवृत्ति नै त्यस्तो खालको छ कि यसले शरीरलाई चलायमान बनाउन सहयोग गर्छ। जिम्न्यास्टिक ‘हार्ड स्पोर्टस्’ हो । यो खेल राम्रोसँग खेल्न जानेपछि अन्य कुनै पनि खेल एडप्ट गर्न सजि`लो हुन्छ।

शारीरिक तथा बौद्धिक विका|समा प्रत्यक्ष प्रभाव पार्ने भएकाले सानैबाट जिम्न्यास्टिक खेल्दा राम्रो हुन्छ। टिनेजरका लागि त यसको महत्व अझै ठूलो छ । किनकि यो खेल खेल्न थालेपछि मानिस|को मन अरू कुरातिर लाग्दैन।

यो खेलमा एउटा मुभ तलमाथि गर्ने|बित्तिकै हात–खुट्टा भाँचिन सक्ने डर हुन्छ, त्यसैले खेलाडीहरू निकै चनाखो भएर खेल्छन्, अर्थात् माइन्ड फोकस अत्यधिक हुन्छ।

यो खेल सामान्यतया एक्लै खेलिने खेल हो । प्वाइन्ट बढाउन मात्र कहिलेकाहीँ ग्रुपमा मा खेल्ने गरिन्छ। यो एकदमै बेसिक खेल हो । यसैबाट नै धेरै खेलको विकास भएको छ । प्रायजसो गेममा जिम्न्यास्टिक प्रयोग हुन्छ। 

केही अगाडि नै टिकटकमा अपलोड भएको एउटा भिडियो फेरि भाइरल हुन थालेको छ । यो भिडियो हो, भारतीय विद्यार्थीको। उनीहरु स्कुलको ड्रेसमा नै झोला बोकेर हिँडिरहेका थिए । बाटोमा उनीहरुको भिडियो खिचेकी छिन्, रोमानियाकी ओलम्पिक गोल्ड मेडलिस्ट जिम्न्यास्ट नाडिया कामनेसीले ।

र, उनले राखेको यो भिडियोले विश्वभरबाट राम्रो प्रशंसा पाइरहेको छ । नाडियाले यी बच्चाहरुलाई उनीहरुले देखाएको यो कौशलका लागि १०० नम्बर दिएकी छिन् । भारतका मन्त्रीले समेत यो भिडियो ट्विटरमा रिट्विट गरेका छन् ।

 हे`र्नुस्, भिडियो…

Post a Comment

Previous Post Next Post