फेसबुकबाट लभ परेर जुम्ल्याहा दाजुभाइले गरे जुम्ल्याहा दिदिबहिनी संग बिहे ( हेर्नुस् भिडियो)


भनिन्छ नि विवाह देखेको होइन लेखेको हुन्छ । एउटा संयोग पनि यस्तो बन्यो कि जुम्ल्याहा दाजुभाइले जुम्ल्याहा दिदीबहिनी बिहे गर्ने । नेपालमा यस्तो संयोग कमै हुने गरेको छ तर अहिले प्रविधिको विकासले धेरैलाई सहज पनि बनाइदिएको छ तर पनि संयोग भने कमै हुन्छ ।

धरानमा पनि एक जुम्ल्याहा दाजुभाइले जुम्ल्याहा नै दिदीबहिनी पाएका छन् । उनीहरुले यसलाई संयोग मान्दै विवाहको तयारीमा लागेका छन् । मङ्गलबार यी जोडीहरुबीच ‘इन्गजेमेण्ट’ समेत भयो ।राम–लक्ष्मण कार्की दाजुभाइले गंगा–गमुना कोइराला पाएका हुन् । धरानमा घर भएका उनीहरुले भोजपुरका यी जोडीसँग विवाह गर्न लागेका हुन् । राम–लक्ष्मण व्यवसायी हुन् भने गंगा–जमुना अध्ययनरत् विद्यार्थी हुन् ।

गंगा कोइरालाले आफूहरू चार जना सँगै देख्दा मान्छेहरूले अचम्म मानेर हेर्ने गरेको बताइन् । ‘आजको इन्गेजमेण्टमा त धेरैले अनौठो मानिसक्नुभयो’, उनले भनिन्, ‘हामी त धेरैपल्टै झुक्कियौं, विवाहपछि पनि नझुक्किने कुरै छैन ।’ उनले थपिन्, ‘हामीलाई केही सोध्दैनन् तर घुरेर हेर्छन् ।’

इन्गेजमेण्टमा उपस्थित धेरै आफन्तहरु पनि अचम्मित थिए । ‘जुम्ल्याहा विवाह त धेरै सुनिए तर एकैघरमा दिदीबहिनीसित विवाह गरेको कमै सुनिन्छ’, लक्ष्मी सिजापतिले भनिन्, ‘यो एउटा संयोग हो ।

सानैदेखि जुम्ल्याहा दिदीबहिनीसँगै विवाह गर्ने इच्छा र सपना रहेको बताउने रामले भने, ‘एकजना आफन्तले भोजपुरमा जुम्ल्याहा दिदीबहिनी छन् भनेपछि आफूहरुले सामाजिक सञ्जालमार्फत् चिनजान बढाएर नजिकिएको हौं, त्यसपछि यो कुरा आफन्तमार्फत् विवाहमा परिणत गर्ने निधोमा पुग्यौं । जे होस् सपना पूरा भयो ।’ राम-लक्ष्मणले ब्याचलर्स सकेको र गंगा-जमुनाले ब्याचलर्स पढ्दै छन् ।

राम-लक्ष्मण ‘ट्वीन्स क्लब’ मा पनि आवद्ध छन् । उनीहरु त्यसको सदस्य छन् । रामले यस्तो विवाहको एक दुईवटा मात्रै देखेको र सुनेको बताए । ‘एकैदिनको बिहे एउटै घरका दिदीबहिनी लिएर आउने संयोग धेरै हुँदैन’, उनले थपे ।उनीहरुले अहिलेसम्म ट्वीन्स भएपनि कसैलाई नझुक्याएको समेत बताए । ‘हामी नै पनि झुक्किन्छौं, धेरै जना झुक्किनुहुन्छ तर अरु झुक्किएपनि हामीले कहिल्यै झुक्याएका छैनौं ।’ उनी भन्छन् ।

बाँकी भिडियोमा

:

Post a Comment

Previous Post Next Post