आज बुधबार नेपाली बजारमा घट्यो सुनको भाउ !! हेर्नुहोद कतिले घट्यो ?


काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ५ सयले घटेर प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ८०० छ जसको मूल्य मङ्गलबार प्रतितोला रु ९२ हजार ३०० तोकिएको थियो ।

आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ ।चाँदी मङ्गलबार प्रतितोला रु एक हजार २१० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७० डलर आसपास कारोबार भइरहेको छ ।

Post a Comment

Previous Post Next Post