बिचरा ! बिहे गर्ने उमेरमा पलायो नाकमा एक केजीको डल्लो, उपचार गर्ने पैसा छैन (भिडियो हेर्नुस)


डडेलधुराकि शान्ती महरा अहिले उपचार गर्नका लागि काठमाडौ आएकी छिन । उनको अनुहारमा निकै ठूलो ट्युमर पलाएको छ । सानै उमेरमा भएको यस्तो बिरानी भारत गएर एक पटक अप्रेसन पनि गरेको शान्तिले बताईन । तर ६ महिना जति ठिक भएको र त्यसपछी भने झन बढ्दै गएको उनले बताईन ।

अहिले काठमाडौको टिचिङ अस्पतालमा उपचार गराउन आएको र डाक्टरहरुले यो ट्युमर भएको र यस्को अप्रेसन गर्नु पर्ने बताएको शान्तिको भनाई छ ।कक्षा ८ मा पढ्दा सुरुमा आँखा चिलाउने, केही दुख्ने गरेको शान्तिले बताईन । त्यस पछि भने आँखा सहित गाला र नाकको एक पटिको भाग सुन्निए जस्तो गरि बढ्न थालेको उनले बताईन । भारत गएर उपचार गरेको भएता पनि केही समय पछि पुन बढ्न थालेको उनको भनाई छ । आर्थिक अभावका कारण धेरै उपचार गर्न पनि नसकेको उनले बताईन । कक्षा दशमा पुग्दा एउटा आँखा नै छोपिने अवस्था आएको र दुख्ने गरेकोले एस एल सि पनि दिन नसकेको शान्तिका बुबाले बताए ।

त्यस पछि उपचार गर्ने आर्थिक अवस्था नहुदाँ दिनहुँ बढ्दै गएर अहिले यति धेरै ठूलो भएको उनको भनाई छ । सुरुमा सानो देखिएको ट्युमर दुई वर्ष पछि आँखा हेर्न नहुने गरि दुख्ने गरेको र ट्युमर पनि केही बढेको देखिन थाले पछि आफुले छोरिलाई उपचारका लागि भारतको लखनउ लगेको उनका बुबाले बताए । त्यहा अप्रेसन गरे पछि ६ महिना ठिक भएता पनि अहिले झन ठूलो भएको र आँखा हेर्न नसकिने अवस्था भएको अहिले निकै समय भएको उनले बताएका छन ।

पहिले भारत उपचारमा लैजादा नै भएको पैसा पनि सकिएकोले फेरि तुरुन्तै उपचार गर्न नसकेको उनको भनाई छ । भारतमा उपचार गर्ने क्रममा ४ लाख रूपया जति सकिएको उनको भनाई छ । सबै पैसा सकिए पछि केही कम हुन्छ कि भनेर पर्खेर बस्नु बाहेक केही उपसे नभए पछि अहिलेसम्म बसेको उनको भनाई छ । भारतमा उपचार गर्दा पनि अप्रेसन गरे पछि डाक्टरहरुले अब ठिक भएको र फेरि यस्तो नपलाउने बताएको पनि उनले बताए । तर ६ महिना पछि बाट फेरि सुरु भएको उनको भनाई छ ।

अहिले झन बढ्दै गएर अवस्था नाजुक बन्दै गए पछि केही सहयोग लिएर अहिले उपचार गर्न आएको उनले बताए तर उक्त पैसा पनि सकिएको उनको भनाई छ । सबै चेक जाँच भएको र अब डाक्टरलाई रिपोर्ट देखाए पछि उनिहरुले अप्रेसन गर्ने समय दिने शान्तिका बुबाको भनाई छ । अहिले अब अप्रेसन गर्न कति खर्च लाग्ने हो त्यो थाहा नभएको र आफुहरु काठमाडौ बसेर उपचार गर्न सक्ने अवस्था पनि नभएकोले सबैलाई उपचारको लागि सहयोग गरिदिन पनि उनले आग्रह गरे ।

(भिडियो हेर्नुस

)

Post a Comment

Previous Post Next Post