ऋण लिएर धुमधामका साथ बिहे गरेको बेहुली सु’हाग रात मनाउन नपाउँदै फरार भए पछी ....


धुमधाम उत्सवका साथ भित्र्याइएकी एक दुलही बिवाह भएको तेस्रो दिनमै फरार भएकी छन् । दशरथचन्द नगरपालिका–५ नौहाँटका दिपकप्रशाद भट्टले दोगडाकेदार–१ रीमबाट बाजा ठोकेर घर भित्र्याएकी जयन्ती जोशी बिहेकै तेस्रो दिनमा सम्पर्क बिहीन भएकी हुन् ।

सु’हाग रात मनाउन नपाउँदै दुलही गायब भएपछि दुलाहा हैरान भएका छन् । उनले फरार भएकी दुलहीको खोजीकार्य गरिदिन भन्दै प्रहरीमा निवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीले फरार दुलहीको खोजतलास गर्न जिल्लाका सबै प्रहरी चौकीहरुलाई निर्देशन दिएको छ ।

दिपक र जयन्तीबीच गत असोजदेखि फोनमा सम्पर्क हुन थालेको थियो । दुबै जनाबीच लामो कुराकानी हुने गरेको र बिहे अघि सम्बन्ध सुमधुर रहेको दुलाहा दिपकले बताउनुभयो। ‘फोनमा दैनिक सय रुपैयाको रिचार्ज खर्चेर गफगाफ चल्थ्यो’ दुलही हराएर है’रान भएको अवस्थामा बैतडी सदरमुकाममा फेला परेको उहाँले भन्नुभयो ।

फोनमा कुरो गर्दै जाँदा सम्बन्ध झा’ङ्गिदै गएपछि मंसिर १ गते दिपक दुलही हेर्न गएका थिए । कुरो राम्रै किसिमले अगाडि बढेपछि मंसिर १२ गते बिहे सम्पन्न भयो । ‘१३ गते दुलही भित्र्याएर घरमा सत्यनारायणको कथा लगायौं, १४ गते बटुले जातोमै अ’ल्मलियौं’ दिपकले भने १५ गते त दुलही घर छोडेर गइहाली ।’त्यसपछि दुलही सम्पर्क बिहीन भएको उहाँले दुः’खेसो पोखे ।\

केटी र माइती सबै मिलेर आफुलाई फसाएकाले बिहेमा खर्च भएको साढे ७ लाख रुपैया असुल गर्ने सुरमा आफू लागेको उहाँको भनाई छ । ३ लाख ग्रामिण विकास लघुबित्तबाट ऋण लिएको र बाँकी आफन्तसँग ब्याजमा पैसा निकालेर बिहेमा ७ देखि साढे ७ लाख खर्च भएको दिपकले बताए ।

सम्पर्क बिहीन भएकी दुलही गोकुलेश्वर क्याम्पसमा अध्ययनरत हुन भने दुलाहा भट्ट स्थानीय विद्यालयमा कार्यालय सहायक पदमा कार्यरत छन् । ह’राएकी दुलहीको मोबाईलमा सम्पर्क गर्दा बन्द रहेको छ ।

Post a Comment

Previous Post Next Post