सुत्दा घुर्ने बानी छ ? हटाउन यस्तो गर्नुहोस्

कतिपय मानिसमा सुत्दा घुर्ने बानी हुन्छ । यो समस्याले स्वयं व्यक्तिलाई भन्दा पनि सँगैको अर्को मानिसलाई बढी असर पुर्‍याउँछ ।

किन घुर्छ मानिस ?

घाँटी र नाकको श्वास नली अप्राकृतिक ढङ्गले टालिन्छ वा बन्द हुन्छ । तब साँघुरो नलीबाट छिटो हावा पार हुने क्रममा घुरेको आवाज आउँछ। यही घुर्ने समस्याले धेरैलाई अप्ठेरोमा पार्दछ ।

यसबाट छुटकारा पाउन के गर्ने ?

  • अत्यधिक धूम्रपान, मद्यपान र लागु औषधबाट टाढा रहने ।
  • नियमित रूपमा व्यायाम गर्ने ।
  • प्रशस्त मात्रामा पानी पिउने ।
  • सुत्नु अघि ३ घण्टा अगाडी खाना खाने ।
  • खानामा कम मसला, चिल्लो, पिरो खाने ।
  • सुत्दा उत्तानो परेर नभई कोल्टे परेर सुत्ने ।
  • मोटोपन घटाउने ।
  • राती सुत्दा झ्याल वा भेन्टिलेसनबाट थोरै हावा आवतजावत हुन दिने ।
  • अत्यधिक घुर्ने समस्या भए चिकित्सकको परामर्श लिने ।

Post a Comment

Previous Post Next Post