ओहो ! हाइड्रोपावरमा काम गर्ने मान्छे सुरुङ भित्रै बे पत्ता भए,यस्तोसम्मको घ टना भएको थियो,कठै (भिडियो हेर्नुस्)

मोदि खोला हाइड्रोपावरमा काम गर्ने कामदार काम गर्ने क्रममा बेपता भएका छन । बिहान करिव ९ बजे घटना भएता पनि उनको खोजी कार्य बेलुका मात्र सुरु गरेको भन्दै त्यहाँ काम गर्ने कामदार तथा स्थायीहरुले बिरोध गरेका छन ।

९ बजे भएको घटना बेलुकी ५ बजि सक्दा पनि खोजी कार्यको कुनै आत्तोपत्तो नभए पछि उनिहरु आक्रोशित भएका हुन । बेपत्ता हुने बित्तिकै उक्त हाइड्रोपावरका हाकिमले जानकारी पाएको उनिहरु बताउँछन । हाकी त्यही भएको तर घटना भए पछि उनी त्यहाँबाट कतै हराएको स्थानियको भनाई छ ।

तर घटना भएको ७/८ घण्टासम्म आफुहरुको कुनै कुरा सुनुवाई नभएको र बेलुका ५ बजे तिर भने ती हाकिम प्रमुख जिल्ला अधिकार सगैँ घटना भएको स्थलमा आएको स्थानियले बताए । ५ बजे तिर भने पोखराबाट सशस्त्र प्रहरिको उद्दार टोलि सहित उनी पनि त्यहा आएको स्थानियले बताए । बिहान सुरुङबाट पानी फाल्न भनी दुई जना कामदार त्यहा गएको तर जाने बित्तिकै करेन्ट लागे पछि एक ब्याक्ती भने निस्किएको उनिहरुले बताए ।

ती निस्किएका ब्याक्तिले भने अनुसार दुबै जनालाई करेन्ट लागेर दुई तिर फालेको र आफू पानीमा नपरेकोले गर्दा निस्कन सकेको तर अर्को साथी भने पानीमा परेको भनाई छ । तर त्यो बेला त्यति धेरै पानी पनि उक्त ठाउमा नभएको उनिहरुले बताए । करेन्टको झड्काले गर्दा पानीमा लडेका उनी उठ्न नसकेको र त्यही हराएको उनिहरुको बुझाई छ । तत्काल जानकारी पाएका त्यहाँका हाकिमले पानी फाल्नु त्यहाबाट भन्दै हिडेको र अहिले बेलुका मात्र आएको भन्दै स्थानिय आक्रोशित भएका छन 

करिव ५ बजे तिर जिल्ला प्रमुख अधिकारी सहित प्रहरी, सशस्त्र प्रहरी र नेपालि सेना सहितको टोलिले अहिले खोजी गरिरहेको छ । तर स्थानियहरु भने यश कार्यमा सन्तुष्ट देखिएनन । उनिहरु भने अहिले यति धेरै सुरक्षाकर्मी ल्याउनु नपर्ने उनिहरुहरु बताउँछन । ९ बजे नै घटनाको जानकारी पाएर तत्काल उद्दारका लागि सम्बन्धित निकायमा खबर गरि उद्दार गर्नुको सट्टा हाइड्रोपावरका हाकिमहरु फोन नउठाई बसेको र अगिले दलबल सहित आएर कामदार तथा स्थानियलाई तर्साउन खोजेको उनिहरुको भनाई छ ।

उनिहरुले हराएका ब्याक्तिको तत्काल उद्दार गर्न छोडेर यतिबेला उद्दार गर्न आए जस्तो देखाएको बताए । उनको तत्कार उद्दार नगरेर मर्न का लागि छोडेको उनिहरुको आरोप छ । स्थानियहरुले अब जिबितै उद्दार हुने आशा नरहेको भन्दै यस्को जिम्मा लिनु पर्ने बताए । साथै उनको घर परिवार सम्पुर्णको जिम्मेवार पनि लिनु पर्ने बताएका छन । साथै अब यहाँ काम गर्ने सम्पुर्ण कामदारको सुरक्षाको जिम्मा पनि लिनु पर्ने नत्र काम गर्न नदिने बताएका छन ।

भिडियो हेर्नुस :-

Post a Comment

Previous Post Next Post