सुन किन्दै हुनुहुन्छ ? हेर्नुहोस यस्तो छ आजको सुनको मूल्य

काठमाडौँ : मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतितोला ‘फाइन गोल्ड’ ९२ हजार ८०० रुपैयाँ र ‘तेजाबी गोल्ड ९२ हजार ३०० रुपैयाँ पुगेको छ।

हिजो सोमबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामै २० रुपैयाँ बढेर १ हजार २१० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार १९० रुपैयाँमा किनबेच भएको थियो।

Post a Comment

Previous Post Next Post