एउटा हात नभएकी टिकटकमा भाइरल कोमलले पाइन यति हेन्सम श्रीमान (भिडियो हेर्नुस्)



पछिल्लो समय सामाजिक संजालमा निकै चर्चामा रहेकी कोमल एन पिले बिबाह गरेकी छिन । एक हात नभएकी कोमल टिकटक तथा सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेकी थिइन । आयानसगँ बिबाह गरेको कोमलले केही समय अगाडि आफू प्रेममा रहेको बताएकी थिइन ।

आफुहरु केही महिना प्रेम सम्बन्धमा रहेर बिबाह गरेको उनले बताएकी छिन । अन्तर्जातिय बिबाह गरेकी कोमलले आफू अहिले धेरै खुशी भएको र दुबैको परिवारले अहिले स्वीकार गरेको पनि बताईन ।

प्रेम सम्बन्धको बारेमा भने आफुहरु फेसबुक मार्फत चिनजान र कुराकानी हुँदै प्रेम सम्बन्धमा रहेको आयानले बताए । आफुले कोमलसगँ प्रेम सम्बन्धको सुरुवात गर्दा केही झोटो बहाना पनि गरेको रमाइलो कहानी सुनाए । सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेकी कोमललाई आफुले आफ्नो झुटो जन्मदिन मनाएर बोलाएको पनि बताए । फेसबुकमा सामान्य कुराकानी भएता पनि त्यही झुटो जन्मदिन कोमलसगैँ मनाए पछिबाट भने आफुहरु नजिक भएको आयन बताउँछन ।

अन्तरजातिय बिबाह भएका कारण त्यति ठूलो बिबश भने नभएको कोमलले बताईन । अशोजको अन्तिम दिन राती १० बजे तिर सामान्य रुपमा आफुहरुको बिबाह भएको कोमलले बताईन । फेसबुकमा कुराकानी गर्दा एउटै ठाउँको भएकोले पनि आफुहरुको प्रेम सम्बन्ध पछी बिबाह छिटो भएको कोमल बताउँछिन । आयनको अरुलाई सम्मान गर्ने र ख्याल राख्ने बानी आफुलाई धेरै मन पर्ने भएकोले त्यही कुराले नै आयान प्रती आफू आकर्षित भएको उनले बताईन ।

मागी बिबाह भन्दा पनि एक अर्कालाई बुझेर बिबाह गर्ने आफ्नो सोच भएकोले पनि आयानसगँ आफ्नो बिबाह भएको उनले बताईन । आयनसगँ प्रेम सम्बन्ध हुँदै गए पछि आफुले आयनको बारेमा सबैकुरा बुझ्दै जादाँ मन परेर नै बिबाहको लागि तयार भएको उनको भनाई छ । आयानले भने कोमलको केही गर्न सक्छु र गर्नु पर्छ भन्ने हिम्मत र सबैसगँ खुलेर कुरा गर्ने बानी आफुलाई मन परेको बताए । अपांग भएता पनि उनले हिम्मत नहारी काम गरेर अहिले यो स्थानमा आएको उनले बताए ।

उनिहरु दुबैले आफुहरु जिन्दगीभर एक अर्कालाई साथ दिने कसम खाएर नै बिबाह गरेको बताए । श्रीमान श्रीमतिको सम्बन्धमा एक अर्का बिच बिश्वास र माया भए कसैले छुटाउन नसक्ने बताए । आफुहरुले एक अर्कालाई राम्रोसगँ बुझेको र एक अर्काको बिचारलाई सम्मान पनि गर्ने भएकोले नै यसरी मन मिल्न सकेको यो सधै रहिरहने बताए । घर परिवारमा सुरुमा केही समस्या भएको भएता पनि अहिले सबै बुझे पछि उहाहरुले पनि आफुहरुलाई स्विकार गरि माया गरेको बताए । 

(भिडियो हेर्नुस)


Post a Comment

Previous Post Next Post