आफ्नै बाबुले घर खर्चको लागि नजिकै बसेकी छोरीलाई २२०० डलरमा बेचिदिए


आसिफ खान तुर्क – म पाकिस्तानको पेसावार सहरमा बसेर एक दशकभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएको छु। छिमेकी मुलुक अफगानिस्तानमा पछिल्लो

समयमा विकसित घटनाक्रमले मानवीय संकटको आभाष दिन्छ।पसावारबाट अफगानिस्तानको राजधानी काबुल २ सय ८२ किलोमिटर टाढा छ। दुई देशको बीचमा रहेको खैयबार पास पार गरेपछि जलालावाद हुँदै काबुल पुग्न सकिन्छ। जलालावाद काबुल नजिकैको सहर हो, तालिवानले यो सहर नियन्त्रणमा लिएपछि तत्कालीन अफगानी राष्ट्रपति असरफ घानी मुलुक छाडेर बाहिरिएका थिए।

पछिल्लो समय अफगानिस्तानमा रोटीका लागि बालिका बेचिएको घटना सुन्दा आङ सिरिङ्ग हुन्छ। कतै दन्त्यकथा सुनेको पो हो कि भन्ने अनुभूति पनि हुन्छ। हामी बच्चा हुँदा सय वर्षअघि यसरी नै मानव बेचबिखन हुन्थ्यो रे भन्ने कथा सुन्थ्यौं, त्यसैको पुनरावृत्ति पो हो कि भन्ने भान हुन्छ।

Post a Comment

Previous Post Next Post