मन्दिरमा पुजा गर्न आएकी महिलामाथि पुजारी यति हदसम्म पार गरे


काठमाडौं । मन्दिरमा पुजा गर्न आएकी महिलामाथि पुजारीले हद पार गरेको भिडियो भाइरल बनेको छ ।नेपाल र भारत, उत्तर बिहारका भक्तहरुको सर्वोच्च आस्थाको केन्द्र दरभंगा राज परिसरमा रहेको श्यामा मन्दिरका पुजारीले एक महिला भक्तमाथि सबै रिसले आगो हुने व्यबहार गरेका हुन् ।

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ, जसमा देखिएको छ कि एक विक्षिप्त महिला मन्दिरको ढोकामा पुगिन्, उनको कपाल समातेर पुजारीले बाहिर निकालेका छन् ।त्यहाँ भएका कसैले पुजारीले महिलासँग गरेको त्यो कार्यको भिडियो बनाएर सामाजिक सञ्जालमा भाइरल बनाएका हुन् । यो खबर अहिले सामाजिक सञ्जालमा आगो जसरी फैलिएको छ ।

मानिसहरूले पुजारीको यो कार्यको लागि मन्दिर व्यवस्थापन विरुद्ध आक्रोश व्यक्त गरेका छन् । त्यसपछि मन्दिर व्यवस्थापनले तुरुन्तै पुजारीलाई हटाउदै स्पष्टीकरण मागेको छ ।श्यामा मन्दिरका प्रबन्धक चौधरी हेमचन्द राईले भने, ‘यो घटना मन्दिर व्यवस्थापनको ध्यानमा आएको छ । भाइरल भिडियो हेरेपछि, मन्दिर व्यवस्थापनले सम्बन्धित पुजारीलाई यस बारेमा सोधेको छ ।

पुजारीले विक्षिप्त महिला मन्दिरमा आएर बन्द गेटमा असर गर्न खाजेका कारण घटना भएको जवाफ दिएका छन् । ती महिलाले पनि पुजारीमाथि हात हालेको चौधरीको भनाई रहेको छ ।त्यसको जवाफमा पुजारीले महिलालाई त्यहाँबाट हटाउन उक्त कदम उठाएका हुन् । उनले भने, ‘वर्तमानमा पुजारीलाई तत्काल हटाइएको छ ।

मन्दिर ब्यवस्थापनले यस बिषयमा एउटा बैठक राख्नेछ, त्यसपछि सम्बन्धित पुजारी विरुद्ध कारबाही गरिनेछ ।’ मन्दिरका प्रबन्धकले जुनकुनै परिस्थितिमा पनि त्यस्तो कार्य गलत हुने स्पष्ट पारेका छन् ।

मन्दिर सबै प्रकारका भक्तहरुको लागि हो । महिला विचलित भएको भए सुरक्षा गार्ड र प्रहरीलाई रिपोर्ट गर्नुपर्छ तर पुजारीले त्यसो गरेनन् । महिला भक्तमाथि भएको घटनाप्रति खेद व्यक्त गरिएको छ ।

Post a Comment

Previous Post Next Post