यिनै श्रीमती हुन जस्ले विदेशबाट फर्केका श्रीमानलाई परपुरुषसँग मिलेर….

काठमाडौं : सिन्धुपाल्चोकको गुम्बामा अर्कै पुरुषसँग मिलेर योजनाब’द्ध रूपमा एक महिलाले श्रीमानको ज्या’न लि’एकी छिन् । जुगल गाउँपालिका-३ गुम्बा बस्ने ३९ वर्षीय छेवाङ लामाको मंसिर २० गते ह’त्या भएको थियो । 

लामाको ह’त्या अ’भियोगमा प्रहरीले उनकी श्रीमती २८ वर्षीया निमा साङ्लो तामाङ र जुगल ३ बस्ने ३६ वर्षीय कान्छा लाल लामालाई पक्राउ गरेको छ । अभियुक्त दुवै लामो समयदेखि स’म्ब’न्धमा थिए ।उनीहरूले ढु’ङ्गा प्र’यो’ग ग’री ह’त्या ग’रे’को प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नाताले आफन्त पर्ने परपुरुष र मृतकको श्रीमतीबीचको सम्बन्धलाई लिएर दम्पतीबीच पटक-पटक वि’वा’द हुँ’दै आ’एको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक एवं प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिए ।

मृतक लामा ६ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेकोमा केही दिन अघिमात्र घर फर्केका थिए । घरमा श्रीमतीको मोबाइलमा अत्यधिक फोन आउने गरेको थाहा पाएपछि उनले उक्त फोनमा सिमकार्डसमेत फेरि दिएका थिए । श्रीमानले आफूहरूको सम्बन्धबारे थाहा पाउने ड’रले उनीहरूले योजनाब’द्ध रू’प’मै ह’त्या ग’रे’को प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मृतक लामाको घर र ससुराली एउटै गाउँमा रहेको छ । ह’त्या अभियोगमा पक्राउ परेका कान्छा लाल लामासमेत सोही गाउँका बासिन्दा हुन् । मृतक लामाको ससुराली घरमा मंसिर २० गते साँझ खाना खाएर फर्किने क्रममा ससुराली घरबाट करिब एक सय मिटर पर ह’त्या भ’ए’को थियो । ससुरालीबाट फर्केको केही बेरमा उनले चि’च्या’एर सालालाई बोलाएको भए पनि ड’रले साला केही ढिला गरी स्थानीय छिमेकी जम्मा पारेर भिनाजुको घरतर्फ गएका थिए ।

घरमा भिनाजु नदेखेपछि उनीहरू पुनः सोही बाटो फर्कँदा बाटोमा भिनाजुको मोबाइल फु’टे’को अवस्थामा भेटेपछि खोजी सुरु भएको थियो । बाटोभन्दा केही तल अ’र्धन’ङ्न पा’री खोल्सामा घो’प्टो फा’ले’को अवस्थामा उनको श’व फेला परेको थियो ।

तत्काल प्रहरी चौकी तेम्बाथाङ कात्तिके, इलाका प्रहरी कार्यालय, जलवीरे र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थलको छानबिन र स्थानीयसँगको कुराकानीको आधारमा नजिकैको गोठमा लुकिराखेको अवस्थामा उनीहरूलाई सोही राती नै पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । उनीहरूलाई थप अनुसन्धानको लागि जिल्ला अदालत, सिन्धुपाल्चोकबाट ७ दिनको म्याद थपी हिरासतका राखिएको छ ।पक्राउ परेका कान्छा लाल तामाङ पनि विवाहित हुन् भने अभियुक्त निमा साङलो तामाङ र छेवाङ लामाका दुई छोरा र एक छोरी छन् । बाबुको मृत्यु र आमा प्रहरी नियन्त्रणमा रहेकाले बालबच्चाको बिचल्ली रहेको आफन्तजन बत्ताउँछन् । मृतक लामामाथि पनि ६ वर्ष अघिको ज्या’न मा’र्ने अभियोग थियो । केही समयअघि विदेशबाट आएर सिधै अदालत पुगी पाँच हजार धरौटी तिरेर उनी छुटेका थिए ।

Post a Comment

Previous Post Next Post