अनुहारमा किन आउँछ कनिका जस्तो सेतो, पहेंलो रङको दाना ? यसरी हटाउनुहोस्


काठमाडौँ । अनुहारमा कनिका जस्तो देखिने सेतो, पहेंलो रङको कडा बल जस्तो दानालाई मिलिया भनिन्छ।मिलिया मुख्यगरी अनुहार, नाक, गाला तथा आँखाको तल्लो भागमा आउँछ। 

मिलिया सामान्यतयः साना आकारमा देखिने गर्छन्। तर, यसको आकार दुई मिलिमिटर सम्मको हुनसक्छ।

मिलिया के हो ?

छाला, नङ, कपालमा केराटिन भन्ने प्रोटिन हुन्छ। यदि त्यो प्रोटिन छालामा थुनिएर बस्यो भने मिलिया हुने गर्छ। मिलिया कुनै मानिसको अनुहारमा छुट्टाछुट्टै पनि देखिन सक्छ। कसैकसैको अनुहारमा धेरै ससाना दाना निस्कने गर्छ।

मिलिया सबै उमेर समूहको मानिसको अनुहारमा देखिए पनि भर्खर जन्मिएको बच्चामा धेरै देखिन्छ। मिलियाले छालामा कुनै पनि समस्या पार्दैन। मिलिया केही हप्तादेखि महिनासम्म रहने हुनाले उपचार आवश्यक पर्दैन।मि

लिया प्रइमेरी र सेकेन्डरी गरी दुई प्रकारको हुन्छ।

प्राइमेरी मिलिया

प्रइमरी मिलिया भर्खर जन्मिएका बच्चाको अनुहारमा देखिने गर्छ। भर्खर जन्मिएको बच्चामा के कारणले मिलिया देखिन्छ, त्यसको कारण अहिलेसम्म पत्ता लागेको छैन। मिलिया आउने कारण नभएकोले यसलाई इडियोप्याथिक भन्ने गरिन्छ।

सानो बच्चामा आएको मिलिया केही हप्तादेखि केही महिनाभित्र आफैं निको हुने गर्छ। यसको खासै उपचार गर्नु पर्दैन। कुनैकुनै आमाबुबाले बच्चालाई मिलिया हुँदा डन्डिफोर वा एलर्जी भयो भन्ने शंका लागेर चिकित्सकलाई देखाउने गर्छन्।

सेकेन्डरी मिलिया

सेकेन्डरी मिलिया वयस्क उमेरका मानिसमा बढी देखिने गर्छ। वयस्कामा आउने मिलिया लामो समयसम्म रहने गर्छ।

वयस्कमा मिलिया आउनुका कारण

– घामले छाला डढेमा।

– कुनै क्रिमको लामो समयसम्म प्रयोगले पनि मिलिया देखिने गर्छ।

– छालाको चोटपटक लागेको छ भने पनि मिलिया देखिने गर्छ।

– छालामा फोका आउँदा पनि निको हुने बेलामा मिलिया बनाउने गर्छ।

– आगोले पोलेर निको भएको खतमा पनि मिलिया देखिने गर्छ।

उपचार

यस्कमा आउने मिलिया कुनैकुनैलाई मात्र छिटो निको हुने गर्छ। धेरै जस्तो मिलिया लामो समयसम्म अनुहारबाट जाँदैन। यदि लामो समयसम्म मिलिया गएन भने आफैंले कोट्याउने, निचोर्ने गर्नु हुँदैन्।

छालामा कुनै पनि समस्या नपरे पनि सुन्दरताको हिसाबले असर पारिरहेको हुन्छ। मिलिया आउँदा अनुहारको सुन्दतामा कमी आउने हुँदा छाला तथा यौनरोग विशेषज्ञलाई देखाउनु पर्छ। चिकित्सको सल्लाह अनुसार क्रिम, मल्हमको प्रयोग गरेर पनि मिलियालाई हटाउन सकिन्छ।

अन्य उपचारमा चिकित्सकले सियोको टुप्पोले मिलियालाई निकालेर फाल्छन्। आजभोलि लेजरको माध्यबाट पनि मिलियाको उपचार गर्न सकिन्छ।

Post a Comment

Previous Post Next Post