बिहे गराउन जग्गेमा बसेका पण्डितले नै दुलही भगाएपछि…



एजेन्सी – भारतको मध्यप्रदेशमा एक जोडीको बिहे गराइदिएका पण्डितले नै केटी लिएर भागेका छन् । २१ वर्षकी रीना बाइ नामकी केटी आफ्नो बिहे गराइदिने पण्डितसँग भागेकी हुन् ।मध्यप्रदेशको विदिशा जिल्लामा रीनाले एक युवकसँग बिहे गर्न लागेकी थिइन् ।

त्यसको एक हप्तापछि उनी घरबाट गहना र पैसा लिएर आफ्नै बिहे गराइदिने विनोद महाराज नाम गरेका पण्डितसँग भागेकी हुन् ।बिहेपछि खुसीसाथ आफ्नो श्रीमानको घर गएकी रीना केही दिनमा आफ्नो माइत फर्केकी थिइन् ।

माइतबाट उनी घर फर्किनुको सट्टा पण्डितसँग भागेकी थिइन् । स्थानीय प्रहरी प्रशासनले पण्डित र युवतीको पहिल्यैदेखि चक्कर चलेको हुनसक्ने अनुमान गरेको छ ।

Post a Comment

Previous Post Next Post