कठै ! विदेश जान घरबाट टीका लगाएर हिडेका यी युवालाई ठगले यसरी ठगेपछी यस्तोसम्म भयो (भिडियो हेर्नुस्)


नेपालबाट अहिले बैदेशिक रोजगारिमा जानेहरुको संख्या दिनहु हजारौं छ । सरकारसगँ कति संख्यामा वैदेशिक रोजगारी छ भन्ने यकिन तथ्यांक छैन । तर पनि ५० लाखको हाराहारीमा भएको सरकार बताउँछ । तर यो संख्या अझै धेरै हुने जानकारहरु बताउँछ्न ।

नेपाल सरकारले श्रम स्वीकृती नदिएका देशहरुमा पनि विभिन्न दलालहरु मार्फत चोर बाटो हुँदै बिदेशिनेको तथ्यांक त सरकारको गणना मै छैन । यसरी लाखौको संख्यामा बिदेशिने नेपालीहरु ठगिने गरेको गरेको समस्या पनि अहिले उत्तिकै रहेका छन ।

वैदेशिक रोजगारिम जानेहरु मेनपावर बाट तथा अन्य दलालहरुबाट ठगिदै आएको खबर हामिले दिनहुँ सुन्दै आएका छौ । यसरी ठगिमा परेकाहरुको समस्या समाधान गर्न बनेको वैदेशिक रोजगार बिभागा पनि तिनै दलालहरुको एउटा हिस्सा जस्तै बनेको पीडितहरु बताउँछन । वैदेशिक रोजगार बिभागमा गए उनिहरु मिलेमतोमा सजिलै उम्किने पीडित हरु बताउँछन । यस्तै अहिले दुई जना ब्याक्ती आफुहरु ठगिमा परेको भन्दै मिडियामा आएका छन । दुबै लैजाने भनी आफुहरुको पैसा लिएर अहिले अलपत्र पारेको उनिहरुले बताए ।

कास्कीका सुर्य बिक र तनहुँका राम ब बिक आफुहरुलाई एकै ब्याक्तिले सेक्युरिटी गार्डमा दुबै पठाउने भनी २ लाख ७० हजार रुपैया लिएर अहिले उक्त ब्याक्ती सम्पर्क बिहिन भएको उनिहरुको गुनासो छ । आफुहरु खर्च भने त्यो भन्दा पनि दोब्बर भएको उनिहरु बताउँछन । चिनेकै एक ब्यक्ति दुबै गए पछि उनी मार्फत नै आफू ती दुबै पठाउने राजेश भुजेल भन्ने ब्याक्तीसगँ सम्पर्कमा गएको रामबहादुर बिक ले बताए । आफुले चिनेकै एक दाइ दुबै उनी मार्फत नै गएको उनको भनाई थियो ।

उनी मार्फत नै आफू पनि राजेशको सम्पर्कमा गएको बताए । सुर्य बिक भने राजेशले एउटा फेसबुक पेज बनाएर त्यहाँ आफुले दुबै पठाउने भनी बिज्ञापन गरेको देखे पछि उनको सम्पर्कमा गएको बताएका छन । आफुहरु दुबै जनलाई राजेशले यश अघि पनि आफुले थुप्रैलाई दुबै पठाएको बताए उनिहरुको भनाई छ । राजेश मार्फत दुबै गएको आफुले चिनेकै दाइ पनि रहेकोले आफुल्व राजेशलाई बिश्वास गरेको राम बहादुरले बताएका छन । आफुहरुलाई भिजिट भिसामा दुबै पठाउने उनले बताएको उनिहरुको भनाई छ ।

भिजिट भिसामा गएर उतै काम गर्न नेपाल सरकारले स्वीकृती दिएको छैन । त्यसरी पठाउने मेनपावर कम्पनिलाई कानुनी सजाय हुने सरकारको नियम छ । तर त्यो कार्यन्वयन भने भएको देखिदैन । त्यसरी भिजिट भिसामा गएर अलपत्र पर्नेहरु पछि आएर वैदेशिक रोजगार बिभागमा उजुरी गर्दा बिभागले सामान्य छलफलमा मिलाएर पठाउने गरेको थुप्रै घटनाहरु छन । अहिले उनिहरुलाई पनि त्यसरी नै पठाउने र त्यहाँ पुगेर सेक्युरिटी गार्डमा काम लगाईदिने साथै पछि भिसा पनि थप हुने राजेसले बताएको उनिहरुको भनाई छ । तर अहिले भने राजेश पैसा लिएर सम्पर्कमा नआएको उनिहरुको भनाई छ ।

भिडियो हेर्नुस :

-

Post a Comment

Previous Post Next Post