कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्टाफ नर्स अनुपमा श्रेष्ठको निधन भएको छ । उनलाई बेहोस अवस्थामा हिजो बाथरुममा फेला पारिएको थियो ।उनलाई हिजै अस्पताल ल्याइएको र आज उपचारका क्रममा
दिउसो ४ बजेतिर निधन भएको अस्पतालमा कार्यरत एक नर्सले जानकारी दिनुभयो।उनि बाथरुममा लडेर बेहोस भएको हो या अन्य कुनै कारण हो भन्ने प्रस्ट नभएको र त्यसबारे अनुसन्धान भैरहेको छ ।प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले एक होनाहार स्वास्थ्यकर्मी गुमाएको भन्दै दु:ख व्यक्त गर्नुभएको छ । उनि गत जुलाइदेखि प्रतिष्ठानमा आवद्ध भएकी थिइन् ।
२४ घण्टा आइसियूमा राख्दा पनि हो’स नआएपछि प्रतिष्ठानले शुक्रबार साँझ मृत्यु भएको घोषणा गरेको हो ।मृतक श्रेष्ठका आमा बुबाले छोरीको मृत्यु र’हस्य’मय भएको भएको भन्दै प्रहरीमा जाहेरी दिने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले प्रहरीले कानुनी प्रक्रिया पुरा गरेर अनुसन्धान अगाडि बढाउने बताए । मृतकका आफन्तको जाहेरी अनुसार, प्रहरीले अनुसन्धन बढाउने चन्दले बताए ।
यता सिटिजन बैंकका म्यानेजर महेश शाहीले मृतक नर्स साथीको बहिनी भएकाले आफ्नो बैंकमा नुहाउन आएको बताए । ‘बैंक स्टाफ अफिसकै कामकाजमा व्यस्त थिए ।बाथरुममा आएर बे’हो’स भएको थाहा भएपछि प्रतिष्ठान लगिएको हो’ शाहीले भने । बैैंकका कर्मचारी बाथरुम जाँदा ढोका बन्द थियो । ढोका फु’टा’एर उपचार गर्न लगेका उनको भनाइ छ ।