ठेलामा नानी लिएर तरकारी बेच्दै हिँड्ने महिलालाई श्रीमानले वि’ष खु’वा’ए’र मा’र्न खोजेपछि.. (भिडियो हेर्नुस्)

केही समय अघि काठमाडौको रानिबारिमा एउटा तरकारी बेच्ने ठेला बाटोमा थियो । यसो त तरकारी बेच्ने त्यस्ता ठेला तथा पसलहरु थुप्रै भेटिन्छन काठमाडौमा । तर उक्त ठेलामा तरकारी मात्र थिएन ।

एउटा सानो ठेला जसमा सागका मुठाहरु थिए र त्यही बिचमा एउटा तरकारी राख्ने क्यारेट पनि । उक्त क्यारेटमा भने तरकारी नभएर एउटा ९ महिनाको बच्चा थियो । तरकारी र क्यारेटमा बच्चा राखिएको ठेला लिएर हिडिरहेकी थिइन एक महिला । उनको दैनिकी यसरी नै बित्ने गरेको रहेछ ।

रसुवाकी कुमारी बस्याल काठमाडौमा कोठाभाडामा बस्दै आएकी छिन । उनी अहिले दैनिक १०० रुपैयाँ कमाउनका लागि यसरी दुख गरिरहेकी छिन । बच्चालाई लिएर घर मै बस्ने रहर सबैलाई हुन्छ तर आफ्नो भने बाध्यताले गर्दा नै यसरी ठेलामा लिएर हिड्नु परेको कुमारिले बताएकी थिइन । आफू कोठामा एक्लै भएकोले पनि बच्चालाई हेरचाह गर्ने कोहि नभएर यसरी हिड्नु परेको उनको भनाई थियो । अहिले ९ महिना पुगेको बच्चालाई कुमारिले ४ महिनाको हुदाँबाट नै यसरी ठेलामा लिएर हिड्न थालेको बताएकि थिइन् ।

उनको यस्तो कहानिलाग्दो भिडियो बाहिरिए पछि अहिले उनलाई थुप्रै सहयोग प्राप्त भएको छ । युके बस्ने सीता पुनको नेतृत्वमा उनलाई करिव १ लाख रूपया सहयोग आएको थियो । उक्त रकम हस्तान्तरण गर्न मिडियाको टोलि पुग्दा उनले आफुलाई भगवान भेटे जस्तो भएको बताईन । आफुले दिनमा दुई सय कमाउने गरेको तर यति धेरै पैसा नदेखेको पनि बताईन । यो सहयोग रकमले आफू केही गरेर बस्ने उनले बताई । साथै बच्चाको उपचार पनि गर्ने उनले बताईन ।

उनको भिडियो बाहिरिए पछि केही ब्याक्तिहरुले काठमाडौमा थुप्रै पुरुषहरु सगं लागेर हिडेकी बिग्रेकी आईमाई भन्दै कमेन्ट पनि गरेका थिए । त्यो आफुले पनि देखेको कुमारिले बताईन । तर त्यसरी कमेन्ट गर्ने अरु कोहि नभएर आफ्नै श्रीमान भएको उनको भनाई छ । श्रीमानले अझै अनि आफुलाई कोठामै आएर आगो लगाएर बच्चा सहित मारिदिने धम्की दिने गरेको उनले बताई । साथै त्यसरी कमेन्ट गर्ने श्रीमान र श्रीमानका आफन्तहरु भएको कुमारिले बताएकी छिन ।

यस अघि पनि बच्चा पेट मा हुदा श्रीमानले आफुलाई बिष समेत खुवाएको उनले बताईन । उक्त कमेन्टमा त्यो बच्चा अबैध भएको र पर पुरुषसगँ लागेकी आईमाई भनी गरिएको छ । त्यो कमेन्ट श्रीमानकै भएको उनी बताउँछिन । यदि आफू अर्कोसगँ लागेको भए ४ महिनाको पेट हुदा बिष खाएर पनि बच्चा किन जन्माएर अहिले यसरी ठेलामा बच्चा बोकेर दुख गर्दै हिड्थे र ? भन्ने उनले बताईन । त्यस्तो कोहि भएको भए आफू बच्चा नजन्माएर दुख गर्नु सट्टा अरु सगै बस्ने उनी बताउँछिन । यो झु’टो अ’रो’प भएको उनले बताईन । 

(भिडियो हेर्नुस)

Post a Comment

Previous Post Next Post