हेर्दा हेर्दै आखै अगाडि श्रीमान सेती नदिको खोचँमा हा’म्फाले, श’वको खोजी कार्य जारी (भिडियो हेर्नुस)

सेती नदिको खोचँमा हाम्फालेर एक ब्याक्तिले आत्माहत्या गरेका छन । घरमा सामान्य झगडा भए पछि उनी बिहानै नदिमा हाम्फालेको बुझिएको छ । उनको परिवारका अनुसार उनले रक्सी खान छोडेको ४ दिन भएको थियो ।

तर ४ दिन पछि बेलुका श्रीमतीसगँ रक्सी खान फेरि पैसा मागेको उनकी श्रीमतिले बताएकी छिन ।तर आफुले पैसा नदिए पछि त्यही निहुँमा सुरुमा सामान्य झगडा भएको उनले बताईन । त्यस पछि भने श्रीमान ढोका थुनेर रातभर कोठा भित्रै बसेको उनको भनाई छ ।

श्रीमती र छोरिलाई बाहिर निकालेर कोठामा ढोका थुनी बसेका शिबु नेपालीले कोठा भित्रै आत्माहत्या गर्ने प्रयास गरेको पनि अनुमान लाउन सकिने अवस्था थियो उनी बसेको कोठामा । कोठामा रहेको दराजको सिसा उनले पुरै फुटाएको र कोठामा रहेको सबै सामान छरपस्ट पारेका थिए शिबुले । साथै फुटाएको सिसाले आत्माहत्या गर्ने प्रयास गरे जस्तो देखिन्थ्यो । कोठामा रहेको सिसा र भित्ता लगायतमा रगत लागेको पाइएको थियो उनी रात भर बसेको कोठामा ।

बिहान ढोका खोले पछि हेर्दा उनी घाते अवस्थामा भेटिएको शिबुकी श्रीमती बिष्णुले बताईन । त्यसपछी उनलाई अस्पताल लान खोज्दा उनी नमानेर घरबाट निस्किएर सेतिको खोचँमा हाम्फालेको उनले बताईन । बेलुका तिर रक्सी खान पैसा माग्दा आफुले नदिए पछि सामान्य भनाभन मात्र भएको बिष्णु बताउँछिन । त्यसपछी खाना खाएर सबैजना सुतेको उनको भनाई छ । तर राती ११ बजे तिर श्रीमान उठेर आफ्नो कपालमा आगि लगाईदिएको उनले बताईन ।

आफुले उठेर आगो निभाए पछि छोरी र आफुलाई बाहिर जा भन्दै सुतेको कोठाबाट बाहिर निकालेको उनले बताईन । आफुहरुले बाहीर जान नमाने पनि निकैबेरसम्म बाहिर पठाउन कोसिस गरेको उनी बताउँछिन । करिव १२/१ बजे तिर छोरी र आफुलाई जबर्जस्ति बाहिर धकेलेर श्रीमानले ढोका लगाएको उनको भनाई छ । त्यसपछी एकै चोटि बिहान मात्र ढोका खोलेको उनले बताएकी छिन । आफू बिहानै बा आमालाई फोन गरेर बोलाएर आइदाँ उहाहरु पनि आइपुगेको उनले बताईन 

सबै जना आएर हेर्दा श्रीमानले ढोका खोले पछि शरीर भरी रगतै रगत देखिएको उनको भनाई छ । दराजको सिसाले घाँटी तिर काटेको चोट आफुहरुले निकै देखेको उनको भनाई छ । पहिले निकै धेरै रक्सी खाने गरेको र रक्सी छुटाएको ४ दिन भएको उनले बताईन । तर राती देखि मेरो छोरी र बुढी मारिदियो भन्दै एकोहोरो कराएर बसेको आफुहरुके सुनेको उनको भनाई छ । धेरै नै रक्सी खाने गरेको र त्यो छुटाए पछि मानसिक असर परेर त्यस्तो भएको हो कि भब्बे उनले बताईन ।

भिडियो हेर्नुस:-

Post a Comment

Previous Post Next Post