विश्वकै सबैभन्दा महँगो र खतरनाक माहुरीको भिरमा ७५ वर्षका बुढा यसरी मह काड्दै छन् (भिडियो हेर्नुस्)


कास्की जिल्लाको अन्नपूर्ण गाउपालिका ७ लान्द्रुक भन्ने ठाउँमा भिर मौरिको मह झिक्नु जो कोहिले आट गर्न सक्दैनन । बादर पनि लढ्ने भिरमा भने एक ७५ वर्षीय बृद्धअबश्थाका बुबा भने यो कार्य गर्दै आएका छन ।

उनको एउटा समूह नै रहेछ । जस्को नेतृत्व भने तिनै ७५ वर्षीय वृद्धले गर्ने गर्दा रहेछन । अहिले यहाँ भिरमा झुन्डिएर मह झिक्ने एउटा महोत्सव नै चालाएका रहेछन यहाँका बासिन्दाले । त्यही महोत्सवमा भाग लिएका रहेछन आफ्नो समूह सहित यी ७५ वर्षीय बृद्धले ।

अन्नपूर्ण गाउपालिकाका युवाहरुले “हनि हन्टिङ्ग” नाम दिएर पर्यटकहरुलाई आकर्षित गर्नका लागि यो कार्यक्रम चलाईरहेको बुझिएको छ । यहि खोलाको भिरमा बिगत थुप्रै वर्षदेखि यी ७५ वर्षीय वृद्ध बुबा मह झिक्दै आएको बताउँछन । पन्चायत काल देखीको कुरा गर्ने उनी अझै पनि यत्तिको उमेरमा आइपुग्दा पनि उनको भिरमा गएर मह झिक्ने जोस भने उहीँ रहेको छ । उनको अहिले ५/७ जनाको समूह रहेको छ । त्यसमा सबैभन्दा धेरै उमेरका उनी नै रहेका छन ।

तर अरु भन्दा धेरै उमेर भएता पनि त्यो भिरमा गएर मौरिको मह झिक्ने काम भने उनी आफैले गर्दै आएका छन । ७५ वर्षका आनन्द पौडेल आफू २०/२२ वर्ष को उमेर देखि नै भिरमा मह झिक्ने काम गर्न थालेको बताउँछन । उनकै समुहमा रहेका लगभग आनन्दकै उमेरका अर्का एक ब्याक्ती पनि रहेछन खड्गबहादुर । उनी पनि २०/२२ वर्ष अघि बाट यसरी नै भिरमा मह झिक्दै आएको बताउँछन । डोरिको सहायताले उनिहरु उक्त भिरमा झुन्डिएर मह झिक्ने गर्दछन ।

त्यसरी झुन्डिएर मह झिक्ने काम भने अहिले खड्गबहादुरले गर्दै आएको बताए । यो भिरमा करिव ५०/६० घार मौरी हरेको उनिहरु बताउँछन । भिरमा बस्ने भएकैले यस्लाई भिर मौरी भन्ने गरिन्छ । यस्ले उत्पादन गरेको मह औषधिको रुपमा पनि प्रयोग गरिने भएकोले बजारमा शुद्ध भिर मौरिको महको माग निकै नै रहेको छ । तर माग अनुसारको उत्पादन भने नभएको उनिहरु बताउँछन । वर्षमा एक छोटी मह झिकिने उनिहरु बताउँछन । यसलाई निकै दुर्लभ मानिन्छ ।

हेर्नुहोस् भिडियो

Post a Comment

Previous Post Next Post