जाडो महिनामा बिहानै खानुस् यस्ता खानेकुरा, जसले स्वस्थ रहन्छ शरीर

जाडो भईरहेको छ । जाडोमा के खाने के नखाने भनी विशेष ध्यान दिनुपर्ने हुन्छ । गलत कुरा खाएमा बिरामी परिन्छ । यहाँ हामी बिहान उठेपछि खाने वस्तुको बारेमा चर्चा गर्नेछौं ।

सुजीको लड्डु

सुजीको लड्डु बनाउन घ्यू र काजु बदामको उपयोग गरिएको हुन्छ । त्यसले शरीरमा न्यानोपन ल्याउँछ । अनि इम्युनिटी पनि बलियो बन्छ । अनि पेट पनि डम्म भरिने हुनाले छिटोछिटो भोक लाग्न पाउँदैन र तौल नियन्त्रणमा रहन्छ । बिहान दूधसँग सुजीको लड्डु खाने गर्नुस् ।

अमला

बिहान उठ्नेबित्तिकै अमला खानु स्वास्थ्यका लागि लाभदायक छ । अमलामा भिटामिन सी, फाइबर, आइरन, क्याल्सियम लगायतका पोषक तत्त्व, एन्टीअक्सिडेन्ट, एन्टीब्याक्टेरियल र औषधीय गुणहरू हुन्छन् । यसले इम्युनिटी बढाउँछ र पाचनप्रणाली पनि बलियो बनाउँछ । अमलाको सेवनले छाला र कपाल पनि स्वस्थ रहन्छ ।

घ्यू हालेर बनाएका खानेकुरा

घ्यूमा भिटामिन ए, ई, के, ओमेगा ३ फ्याट्टी एसिड लगायतका पोषक तत्त्व पाइन्छन् । जाडोमा घ्यू अवश्य खानुस् । दिनको एक चम्चा घ्यू खाँदा इम्युनिटी र मेटाबोलिजम बढ्छ । थकान र कमजोरी हटेर दिनभरि फुर्तिलो अनुभव हुन्छ । अनि मौसमी रुघाखोकी लाग्न पाउँदैन ।

काजु बदाम

बिहानै एक मुट्ठी काजु बदाम खाने गर्नुस् । त्यसले तपाईंको इम्युनिटी र पाचनप्रणाली बलियो बनाउँछ । पेटको पीएच लेभललाई सन्तुलनमा राख्न यसले सहायता गर्छ । शरीरमा पनि तातो पुग्छ । अनि भोक लागिरहेर खाइरहने समस्या पनि आउँदैन । तौल नियन्त्रणमा रहन्छ ।

दलिया

बिहान दलिया खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसले शरीरलाई न्यानो राख्छ । यसमा क्यालोरी कम हुनाले तौल नियन्त्रणमा रहन्छ । शरीरलाई डिटक्स बनाउन पनि यसले सहायता गर्छ । आन्द्रालाई स्वस्थ राख्नका लागि दलियाको सेवन लाभदायक छ ।

Post a Comment

Previous Post Next Post