भिडियो तल राखिएको छ। मोदि खोला हाइड्रोपावरमा काम गर्ने कामदार काम गर्ने क्रममा बेपता भएका छन । बिहान करिव ९ बजे घटना भएता पनि उनको खोजी कार्य बेलुका मात्र सुरु गरेको भन्दै त्यहाँ काम गर्ने कामदार तथा स्थायीहरुले बिरोध गरेका छन ।
९ बजे भएको घटना बेलुकी ५ बजि सक्दा पनि खोजी कार्यको कुनै आत्तोपत्तो नभए पछि उनिहरु आक्रोशित भएका हुन । बेपत्ता हुने बित्तिकै उक्त हाइड्रोपावरका हाकिमले जानकारी पाएको उनिहरु बताउँछन । हाकी त्यही भएको तर घटना भए पछि उनी त्यहाँबाट कतै हराएको स्थानियको भनाई छ ।
तर घटना भएको ७/८ घण्टासम्म आफुहरुको कुनै कुरा सुनुवाई नभएको र बेलुका ५ बजे तिर भने ती हाकिम प्रमुख जिल्ला अधिकार सगैँ घटना भएको स्थलमा आएको स्थानियले बताए । ५ बजे तिर भने पोखराबाट सशस्त्र प्रहरिको उद्दार टोलि सहित उनी पनि त्यहा आएको स्थानियले बताए । बिहान सुरुङबाट पानी फाल्न भनी दुई जना कामदार त्यहा गएको तर जाने बित्तिकै करेन्ट लागे पछि एक ब्याक्ती भने निस्किएको उनिहरुले बताए । ती निक्स्किएका ब्याक्ती पनि अर्धबेहोस जस्तै भएको उनिहरु भनाई छ ।