काठमाडौंको जडीबुटीमा घट्यो भयानक घटना, चारजना घाइते



काठमाडौं । काठमाडौंको जडीबुटीमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा चारजना घाइते भएका छन् ।घाइते मध्ये काँडाघारी बस्ने रामेछापकी २३ वर्षीया अनिशा तामाङको अवस्था गम्भीर छ । घाइते चारैजनाको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

हिजो साँझ करिब साढे ५ बजे प्रदेश ३–०२–००८ प ५९९५ नम्बरको स्कुटर र वाग्मती प्रदेश–०२–००४ प २३५७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरले बताएको छ ।यस्तै, जंगलमा लागेको आगो निभाउन खोज्दा लडेर घाइते भएका डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरीकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको छ ।

हुरिकोटमा आगो निभाउँदै गर्दा लडेर गम्भीर घाइते लामालाई हेलिकोप्टरमा नेपालगञ्ज पुर्‍याएपछि मृत्यु भएको प्रहरीले बताएको छ ।आगो अझैं नियन्त्रणमा आउन नसकेको स्थानीय टेकबहादुर शाहीले बताए ।

हेलिकोप्टर भाडा समेत उधारो भएकाले कसरी रकम जुटाउने भन्ने समस्या भएको शाहीले बताए । लामाको बुधवार राति मृत्यु भएको हो ।

Post a Comment

Previous Post Next Post