आमा र दाइ मिलेर दुई महिनाकी गर्भवतीको शिर छे’दन गरी ह’त्या


भारतको महाराष्ट्रमा एउटा विभ’त्स ह’त्या भएको छ । औरंगाबाद जिल्लाको वैजापुर तहसीलको गोयगांवमा एक गर्भवती युवतीको उनकै आमा र दाइले नृशं’स ह’त्या गरेका छन् ।

आइतबार भएको यो ह’त्यापछि निकै खैलाबैला मच्चिएको छ । आफ्नो आमा–बुवा र परिवारविरुद्ध गएर यी युवतीले आफ्ना प्रेमीसँग भागेर विवाह गरेकी थिइन् ।त्यसैकारण उनको परिवार उनीसँग रिसाएका थिए ।ह’त्याका बेला युवती दुई महिनाकी गर्भवती थिए । यो कुरा उनका आमा र दाइ दुबैलाई थाहा थियो ।​घट’नापश्चात् आमा र दाइले थाना गएर आत्मसमर्पण गरिदिए ।साथै प्रहरी समक्ष आफ्नो अप’राध पनि स्वीकारे । प्रहरीले यी दुबैलाई प’क्राउ गरेर एक बयान जारी गरेर सबै घ’टनाको जानकारी दिएको छ

युवतीले भागेर आफ्नै गाउँमा गरेकी थिइन् विवाहः

युवतीको नाम कीर्ति उर्फ किशोरी मोटे थियो । उनी र उनका श्रीमान् अविनाश थोरै दुबै गोयगांवमै बस्दथे । यो गाउँमा करिब ५ सय जनाको बसोबास छ ।अविनाश आफ्नो गाउँ नजिकै २–३ किलोमिटर टाढा लाडगांव शिवराको एउटा फार्महाउसमा बस्दथे ।

किशोरी मोटे र अविनाश दुबै एउटै कलेजमा पढ्दथे । कलेजका बेला यी दुईबीच प्रेम बस्यो । यद्यपि, किशोरीको परिवारले छोरीको सम्बन्धमाथि विरोध गरिरहेका थिए ।

स्थानीय पत्रकार प्रशान्त त्रिभुवनले बीबीसीसँगको कुराकानीमा यो सम्बन्धको विरोध गर्नुको मुख्य कारण परिवारको सामाजिक प्रतिष्ठा र दुई परिवारको आर्थिक स्थितिमा अन्तर भएको बताए । यसैकारण युवतीको परिवारले यी दुईको सम्बन्धमाथि विरो’ध जताए ।

तर अविनाश र किशोरी आफ्नो निर्णयमा अडिग भए । त्यसैले मोटे परिवारको विरोधका बावजुद उनीहरुले विवाह गर्ने निर्णय गरे ।करिब ६ महिना अघि यस वर्षको जूनमा यी दुईले घरबाट भागेर विवाह गरे ।

विवाहपछि किशोरीलाई आफ्नी श्रीमती बनाएर अविनाश आफ्नो घर फर्किए । त्यसपछि नै किशोरी आफ्ना श्रीमानको लडगांवमा बनेको फार्महाउसमा बसिरहेकी थिइन् ।

यतिबेला उनको आफ्नो माइतीको परिवारसँग खासै सम्पर्क भएन । यद्यपि, घटना हुनु एक हप्ता अघि मृ’तककी आमा शोभा मोटे उनलाई भेट्न गएकी थिइन् । उनी आफ्नी छोरीलाई भेटेर चिया नास्ता गरेर घर फर्किएकी थिइन् ।


Post a Comment

Previous Post Next Post