आजको राशिफल वि.सं. २०७८ कार्तिक १७ गते बुधवार

वि.सं. २०७८ कार्तिक १७ गते बुधवार तदनुसार ई. सं. २०२१ नोभेम्बर ०३ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४१, (कौलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०७ बजे र सूर्यास्त : साँझ

 ०५:१० बजे, चन्द्रास्त : दिउँसो ०३:३९ बजे र चन्द्रोदय : मध्यरात्री पछि ०३:५८ बजे, काठमाण्डौं, नेपाल मा सूर्योदय : बिहान ०६:१७ बजे र सूर्यास्त : साँझ ०५:१७ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:२३ बजे र सूर्यास्त : साँझ ०५:२१ बजे, कार्तिक कृष्ण पक्ष को त्रयो दशी तिथि, बिहान ०७:१९ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, मध्यरात्री पछि ०५:३२ बजेसम्म, अन्तिम मा अमावस्या तिथि (तिथि टुटेको दिन), हस्ता नक्षत्र, बिहान ०९:२० बजेसम्म, त्यस पछि चित्रा नक्षत्र, चन्द्रमा कन्या राशि मा, बेलुका ०८:४७ बजेसम्म, त्यस पछि तुला राशि मा, विष्कुम्भ योग

दिउँसो ०३:२१ बजेसम्म, त्यस पछि प्रीति योग, सुरुमा वणिज करण बिहान ०७:१९ बजे सम्म, त्यस पछि विष्टि (भद्रा) करण साँझ ०६:२५ बजेसम्म, अन्तिम मा शकुनि करण, (भद्राको वास : पाताल लोक) , आनन्दादि योग : आनन्द, चन्द्रवर्ण : कालो (बेलुका ०८:४७ बजे सम्म), त्यस पछि सेतो, चन्द्रदिशा : दक्षिण (बेलुका ०८:४७ बजेसम्म), त्यस पछि पश्चिम, योगिनीदिशा : दक्षिण (बिहान ०७:१९ बजे सम्म), त्यस पछि पश्चिम, वारशूल : उत्तर, वाणपञ्चक मध्ये रोग वाण : सूर्योदय पूर्व ०३:२८ देखि भोलि बिहान ०३:१९ सम्म, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान, आज : काग तिहार र कुकुर तिहार, काक बलि, नरक चतुर्दशी, स्वान्तिचह्रे पूजा, बिहान झिस मिसेमा तेल लगाएर नुहाउने दिन, श्री हनुमान् जयन्ती, आजको मूहुर्त : अन्नप्राशन(पास्नी),

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १८ गते : लक्ष्मी पूजा, इन्द्र, कुवेरादि पूजा, (लक्ष्मी पूजाको शुभ साइत – सन्ध्यापूजा साँझ ०७:०५ बजे, निशिथ पूजा राती १२:२५ बजे), दीपावली, दीपमालिका, सुखरात्री, दर्श श्राद्ध, निशि बार्ने दिन, साभ्यङ्ग स्नान, प्रात:कालमा यमतर्पण, हनुमान् दर्शन/पूजन, भगवान्

 महावीर निर्वाण दिवस, १९ गते : ने.सं. ११४२ प्रारम्भ (नेवारी नयाँवर्ष), गोबर्द्धन पूजा, म्ह पूजा, गाई/गोरु पूजा, गोबलि पूजा, हलितिहार, अन्नकूट उत्सव, बलिप्रतिपदा, मूहुर्त : डेरा सर्ने/बसाइँ सर्ने, २० गते : यमद्वितीया, भाइटीका, भैया दूज, किजापूजा, (भाइटीकाको शुभ साइत – दिनको ११:०२ बजे), चन्द्रोदय (चन्द्रदर्शन), चित्रगुप्त जयन्ती, मसीदानीको पूजा (दवात पूजा), यमपञ्चक समाप्ति,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मिष्टान्न भोजनको अवसर मिल्नेछ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्द्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । यात्रा लाभप्रद बन्नसक्छ ।

आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भूमिनन्दनाय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिबृद्धि हुनेछ । गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । माया/प्रेमको वातावरण बन्नेछ । 

आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हयग्रीवाय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

घरपरिवारभित्रका विविध समस्यामा रुमल्लिनुपर्ने छ । आन्तरिक सम्पत्तिको लेखाजोखा र बाँडफाडका विषयमा केन्द्रित हुने दिन छ । घरबाहिर बस्नेका लागि वा वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । दार्शनिक वा बौद्धिक क्षेत्रमा दिलचस्पी बढ्नेछ । ज्ञानगुन, परोपकार र वैराग्यका भावनाहरू सञ्चरण हुन्छन्, तर दिनभरि शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन । बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ । भाइबहिनीले पनि सन्तुष्ट तुल्याउने छन् । भोजभतेर र खानपिन जस्ता सामाजिक कार्यमा सहभागी बन्नु पर्नेछ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ ।

आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बक्रतुण्डाय हुम् न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनुपर्ने छ । बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । प्रशंसकहरू बढ्ेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् ।

आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ श्रियै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ कामको लागि नयाँ अवसर मिल्नेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ ।

आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अर्काय नम: न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

यात्राको योग छ । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । काममा बाधा देखिए पनि अत्तालिइ हाल्नु पर्दैन । बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ । कुनै गोप्य योजना कार्यान्वयन गर्न आजको दिन अनुकूल छ । बन्दव्यापारमा बेफाइदा छैन । आत्मबल र हौसला नत्यागे सफलता पाउनु हुनेछ । 

आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ त्र्यम्बकाय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय छ । मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ ।

आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ देवीद्यौराल्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्द्धीहरूमाथि विजय प्राप्त हुनेछ । धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ । कर्मचारीले हाकिमबाट महत्त्वपूर्ण कुरा फुत्काउन सक्छन् ।

आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नम: न्यूनतम जापसङ्ख्या : ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

दान, पुण्यका कार्यमा आकर्षण बढ्नेछ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बन्दव्यापार फस्टाउने छ । आम्दानीमा कमी हुनेछैन । सानो प्रयासले रोकिएको काम बन्नेछ । पारमार्थिक काममा खट्नुपर्ने समय छ । धार्मिक/सामाजिक क्षेत्रमा समय दिन सकिन्छ ।

आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ परब्रह्मणे नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

भाग्यस्थानमा चन्द्रमाको प्रवेश हुँदैछ, तर पनि परिस्थिति विपक्षमा नै रहने सङ्केत देखिन्छ । कडा परिश्रम व्यर्थै खेर जानसक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । कताकता भाग्यबलमा कमी भएको आभास गर्नु हुनेछ । बन्दव्यापार र रोजगारीको क्षेत्रमा लगनशील र सक्रिय भएमा मात्र सफलता पाउनु हुनेछ । दिउँसोबाट निराशाको अन्त्य हुनसक्छ । 

आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउने छ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्नसक्छ । 

आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ इन्द्राण्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ)

Post a Comment

Previous Post Next Post