५ सन्तानको बिचल्ली बनाएर बुबा बेपत्ता,तिहारको दिन छोराछोरी भोकभोकै लड्दै छन् (भिडियो हेर्नुस्)


गुल्मीकि बिनिता कुमालको घर छेवैमा अर्को एउटा यस्तो परिवार भेटियो जसको दुख हामी यहाँ बयान गर्न सक्दैनौं ।यो परिवारले अहिले निकै ठूलो दुख भोगेको छ ।घरमा २९ वर्षीय युवती आफ्ना ५ जना छोराछोरी लिएर बसेकी छिन् ।

श्रीमान भारत गएका र सम्पर्कमा पनि नआउने हुँदा उनी दुखी छिन् ।गाउँका अरु मान्छे भारतबाट आउँदा उनका श्रीमान र क्सी खाएर लडि हिड्ने बताएका छन् ।श्रीमानले नहेरेपछी ५ जना छोराछोरी हेर्न उनलाई निकै गाह्रो परेको छ ।

आफुले अरुको मेलापात गरि कमाएर बालबच्चालाई खुवाउने उनी बताउछिन् ।श्रीमानले भारतबाट आएर रिन तिर्ने भन्दै हिडेका श्रीमान अझै बेपत्ता छन् ।छोरा आँपको रुख बाट खसेर लडेपछी उपचार गर्न ४ लाख रुपैयाँ रिन लागेको उनले बताइन् ।

यसरी यति धेरै बच्चाहरुको हेरचाह गरेर बस्न उनलाई गाह्रो परेको छ ।उनी आफ्नो छोराछोरीलाई सहयोग गरिदिन अपिल गरिरहेकी छिन् ।आफ्ना छोराछोरीले स्कुल पढ्न जाउन भन्ने उनको निकै इच्छा रहेको छ ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post