लिम्बूको छोरी भगाएर भुडी बो काए,अहिले छोरो जन्मियो तर श्रीमानको अत्तो पत्तो छैन (भिडियो हेर्नुस्)


बुद्धशान्ती ५ कि नर्वदा लिम्बू वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरब पुगेकी थिइन । त्यहा उनको भेट निरज खड्कासगँ भयो । तर उनको घर कहाँ हो त्यो नर्बदालाई थाहा थिएन । निरजले भने आफ्नो कोहि नभएको र बिबाह गरेर तिमी सगैँ बस्ने बताए । आफ्ना दुई छोरी छोडेर गएकी नर्बदा पनि साथ दिने मान्छेको खोजिमा थिइन् ।

आफू पनि काम गरेर नै खाने भएकाले कोहि नभएकोले आफुलाई साथ दिन्छु भन्दा नर्बदाले पनि स्वीकार गरिन । निरजले भएका दुई छोरी पनि स्वीकार गर्ने बाचा गरे ।त्यसरी बिबाह गरेका निरज ५ वर्ष अघि बहराइन गएका थिए । बहराइन गएर करिव ३ लाख जति पैसा पठाए । तर त्यसपछी भने उनी सम्पर्कमा कहिलेकाही मात्र आउन थालेको नर्वदाले बताएकी थिइन । सम्पर्कमा आउदा पनि धम्की मात्र दिने गरेको उनको भनाई थियो । नर्वदा मिडियामा आए पछि भने निरज बहराइनबाट फोन सम्पर्कमा आएका छन । उनले आफू श्रीमतिसगँ सम्पर्क बिहिन नभएको र संस्थामा निरन्तर पैसा पठाएको बताएका छन । कोरोनाका कारण केहिसमय कमाई नभएर त्यो बेला पठाउन नसकेको उनको भनाई छ ।

तर उनले ऋण लिएको संस्थामा भने कहिले काहीँ २/३ हजार मात्र पैसा पठाउने गरेको खुलेको छ । निरजले भने श्रीमतिले पैसा जताभावी खर्च गर्ने भएकोले आफुले श्रीमतिलाई पैसा नपठाएको र आफ्नुले ऋण लिएको संस्थामा पठाएर ऋण तिरिरहेको बताए । तर नर्वदा भने संस्थामा पैसा नतिरेको बताउँछिन । संस्थाबाट दैनिक मान्छे आएर घरमा भएका सामान उठाउने गरेको उनको भनाई छ । यदि पैसा संस्थामा तिरेको भए त्यसरी मान्छे न आउने उनको भनाई छ । अहिले भने निरजले आफू सबै भएको ऋण तिर्ने र दुई महिनामा छुट्टी मिलाएर घर आउने तयारी गरेको बताएका छन ।

केही वर्ष देखि विदेश बसेकी नर्वदाले आफ्नै कमाईमा जग्गा र घर जोडेकी थिइन । साउदी मै भेटिएका निरजले सगै बसेर साथ दिन्छु भने पछि उनिहरु बिबाह गरेर नेपाल आई नर्वदा कै घर बुद्धशान्तीमा बस्न थाले । उनिहरुको एक छोरा पनि भएको छ । त्यसपछी भने निरजले ब्यावसाय गर्ने भन्दै मेनपावर कार्यलयमा काम गरि युवाहरूलाई बिदेश पठाउने काम गर्न थालेको नर्बदा बताउँछिन । करिव १५ जना ब्याक्तिलाई बिदेश पठाईदिन्छु भनी पैसा लिएर निरजले उनिहरुलाई बिदेश पठाएनन ।

केही समय पछि घरैबाट प्रहरीले बिदेश पठाइदिन्छु भन्दै पैसा ठगी गरेको आरोपमा निरजलाई पक्राउ गरेको नर्बताको भनाई छ । प्रहरीले पक्राउ गरे पछि आफुले घर जग्गा राखेर सहकारीबाट पैसा निकालेर निरजलाई उकासेको बताईन । त्यसपछी बाकी रहेको रकम पनि लिएर आफू बिदेश जाने भन्दै बहराईन गरेको अहिले करिव ५ वर्ष बितिसकेको नर्वदाको भनाई छ । अहिले घरमा नर्वदाका दुई छोरी र एक छोरा छन । निरज बहराईन गए पछि करिव एक वर्ष सम्ममा ३ लाख जति पैसा पठाएको बताईन ।

तर त्यसपछि भने अन्य बाकी भएको ऋण तिर्न उनले कुनै पैसा न पठाएको बताईन ।ऋण तिर्न पैसा पठाउन भन्दा सुनको डल्लो जस्तो छोरा बनाइदिएको छु त्यही मार्फत तिर्नु भन्दै आफुलाई धम्की दिने गरेको नर्बदाको भनाई छ । ५ वर्ष देखि बहराईन मै छु भन्दै आएका निरज प्राय जसो सम्पर्कमा नै न आउने नर्बदा बताउँछिन । कहिलेकाहीँ सम्पर्कमा आएता पनि आफुलाई धम्की मात्र दिने गरेको उनी बताउँछिन । आफ्ना पहिलेका माओवादि साथीहरु लगाएर मार्ने धम्की दिएको उनको भनाई छ । आफ्नो कोहि छैन भनेका निरजको भने बाबुआमा, दाजुभाई र ३ वटि श्रीमती पनि भएको अहिले खुलेको नर्बदाले बताईन ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post