दु'खद खबर : कठै एकै पटक जन्मिएका चार सन्तानमध्य दुईको मृ’त्यु

रुपन्देहीमा जन्मिएका चम्ल्याहामध्ये २ शिशुको मृ’त्यु भएको छ । एकको शनिबार र अर्कीको आइतबार मृ’त्यु भएको यु'निर्भसल कलेज अफ मेडिकल साइन्सेजका जनसम्पर्क अधिकृत सुशिल गुरुङ ले जान कारी दिए ।

 समय अगावै जन्मिएको, तौल कम भएको र प्रतिरो’धात्मक क्षमता नभएकाले शिशुहरुको मृ’त्यु भएको हो कात्तिक ६ गते अस्पताल भर्ना गरिएकी पाल्पाको माथागढी गाउंपालिका–१ चिदीपानीकी २४ वर्षीया सीता सार्कीले ९ गते दिउँसो ४ छोरीलाई जन्म दिएकी थिइन् । आर्थिक स्थिती कमजोर रहेको सीताका छोरीहरुको उपचारका लागि विभिन्न संघसंस्था र व्यक्तिले सहयोग गरिरहेका छन् ।

यो पनि,पाल्पाकी एक महिलाले एकैपटक चार छोरीलाई जन्म दिएकी छन्। पाल्पाको माथागढी गाउँपालिका-१ की २४ वर्षीया सीता सार्कीले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा मंगलबार दिउँसो चार छोरी जन्माएकी हुन्।

विवाह भएको सात वर्षमा पहिलोपटक सीता ग’र्भवती हुँदा उनी र उनका श्रीमान सन्तोष सार्की धेरै खुसी थिए। पेटमा चार शिशु हुर्किइरहँदा पनि सीतालाई ६ महिनासम्म कुनै अ’प्ठ्यारो महशुस भएको थिएन। गर्भ ६ महिनाको पुग्दा पेट दुख्न थालेपछि उनीहरूले भिडिओ एक्सरे गराए। चिकित्सकले पेटमा तीन शिशु रहेको जानकारी दिएका थिए।

पाल्पामा जुत्ता पसलमा कालिगढको काम गर्दै आएका सन्तोषले श्रीमती गर्भवती भएपछि तानसेनस्थित मिसन अस्पतालमा परीक्षणका लागि नियमित लगिरहन्थे। तानसेनमा एक महिनाको अन्तरमा दुईपटक र कात्तिक ६ गते भैरहवा मेडिकल कलेजमा पनि एकपटक भिडिओ एक्सरे गर्दा तीन बच्चा देखिए पनि मंगलबार शल्यक्रिया गरेपछि मात्रै चार बच्चा भएको थाहा भएको हो। ग’र्भवती भएको सात महिनामै चार शिशु जन्मिएकाले कम तौलका भएको भैरहवा मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए।

Post a Comment

Previous Post Next Post