दलित भन्दै प्रेम विवाह अस्विकार भएपछि चितवन सप्तगण्डकी क्याम्पसका विद्यार्थी प्रविनले गरे आ’त्मह’त्या


उपल्लो जातकी प्रेमिकालाई विवाह गर्न परिवारले नदिएपछि सप्तगण्डकी बहुमुखी क्याम्पसका विद्यार्थी प्रविनप्रविन विश्वकर्माले आ’त्मह’त्या गरेका छन् ।

सप्तगण्डकी क्याम्पसमा बीएड दोस्रो वर्ष पढ्ने प्रविनले गोरखाको सुलीकोट गाउँपालिका–१ बारपाक स्थित आफ्नै घरमा झुण्डिएर आ’त्मह’त्या गरेका हुन् । १४ गते आइतबार साँझ २० वर्षीय प्रविनले झु’ण्डिएर घरमा आ’त्मह’त्या गरेको अवस्थामा दिदीले देखेपछि पा’सो काटेर प्रहरीलाई खबर गरेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले प्रेम सम्बन्धको कारणले उनले आ’त्मह’त्या गरेको भन्ने सुन्नमा आएको जानकारी दिए । १४ गते राति ११ बजे प्रहरीलाई जानकारी भएपछि गोरखा जौबारीबाट प्रहरी टोली घटनाको अनुसन्धान गर्न बारपाक पुगेको थियो । जौबारी अस्पतालमा शवको पो’स्टमा’र्टम हुन नसकेपछि गोरखा अस्पताल ल्याएर पो’स्टमा’र्टम गरी सोमबार मृतकको दाह’संस्का’र भएको छ ।

प्रविनको स्कुल पढ्दादेखि गाउँकै २० वर्षीय घले थरकी केटीसँग प्रेम सम्बन्ध रहेको थियो । केटाकेटी दुवै जना भरतपुरमा बसेर अध्ययन गर्दथे । केटीका परिवारले तल्लो जातको दलित केटा भनेर मेरी छोरीसँग नबोल भनेर थर्काउन थालेपछि केटाले आ’त्मह’त्या गरेको प्रविनको ठूलो बुबा सुकबहादुर विकले बताए । उनले केटाकेटी विवाह गर्ने सोचमा रहेको अवस्थामा केटीको परिवारले दलित भनेर केटालाई अस्विकार गरेको जानकारी दिए ।

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा अध्ययनरत प्रविन झण्डै एक महिनाअघिदेखि बारपाककै एक विद्यालयमा शिक्षकको रुपमा काम गर्न थालेका थिए । गाउँघरमा उनीहरुको प्रेम सम्बन्धलाई लिएर गाईगुई हल्ला चल्न थाल्यो । यसै प्रेम सम्बन्धलाई लिएर केटीको परिवारले अन्यत्र उपल्लो जातको केटासँग विवाह गर्दिने कुरा गर्न थालेपछि प्रविन तनावमा परेको पारिवारिक स्रोतले बताएको छ ।

मृ’तकको ठूलोबुबा सुकबहादुरले भने, ‘अन्य जस्तो सुकै केटी पाउन सक्ने उसले आ’त्मह’त्याको बाटो रोजेर गलत काम ग¥यो । केटी शिक्षकको छोरी भएकोले पनि आर्थिक रुपमा केटाको परिवार गरिब थियो । जातको कारणले उनीहरुको प्रेम सम्बन्धलाई समाज र परिवारले इन्कार गर्दा यस्तो घटना घट्यो ।’

प्रविन सानै देखि टुहुरो केटा हो । उसको बुबा प्रविन सानै हुँदा मलेसियामा रोजगारीको शिलशिलामा ज्यान गुमा’एका थिए । उनकी आमाले ज्याला मजदूरी गरेर प्रविनलाई हुर्काएर सप्तगण्डकी बहुमुखी क्याम्पस पढाएकी थिइन् । उनको दुई दिदी रहेका छन् । ठूलो बुबा सुकबहादुरले एउटा छोराले आ’त्मह’त्या गरेपछि आमा बे’होस नै रहेको बताए । उनले भने, ‘हामीले आमालाई सम्झाइरहेका छौं ।’

Post a Comment

Previous Post Next Post