यी तिन युवाले गरे पत्याउनै नसक्ने काम, होटलबाट पक्राउ परेपछी खुल्यो यस्तो रहस्य

एक होटल मा साढे ८ लाख रुपै याँ सहित तीन जना युवा फेला परे । उक्त रकम बारे सोध्दा उनी हरु सँग कुनै स्रोत देखिएन । स्रोत नखुले को साढे ८ लाख सहित तीन जना लाई प्रहरी ले अहिले पक्राउ गरे को छ ।

धनगढी बसपार्कमा रहेको होटल अमन प्लाजाबाट ८ लाख ६९ हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका–१ कोटदेबलका २२ वर्षीय मुकेश खड्का, १८ वर्षीय किरण खड्का र २४ वर्षीय नारायण खड्का रहेका छन् ।

उनीहरुलाई विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

उनीहरूको साथबाट तीन हजार दुई सय भारतीय रूपैयाँ, ३४ ग्राम ३६० मिलिग्राम सुनका गरगहना र ७३७ ग्राम ७८० मिलिग्राम बराबरका चाँदीका विभिन्न गरगहन पनि बरामद गरिएको डीएसपी विष्टले बताउनुभयो ।

नगद र गरगहनासहित पक्राउ परेका उनीहरूलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो । उक्त रकम उनीहरु भारतीयसँगको साँठगाँठमा जम्मा गरेको हुनसक्ने अनुसन्धानमा देखिएको छ ।

Post a Comment

Previous Post Next Post