नाईटोको आकार र वनावटबाट थाहा हुन्छ महिलाको बानी व्यबहार

महिलाको सुन्दरतामा मात्र होइन समुन्द्रशास्त्रमा पनि निक्कै महत्व छ, नाइटो अर्थात नाभीको । समुन्द्रशास्त्रका अनुसार मानिसको बोली चाली र ब्यबहारबाट समेत थाहा नपाएको कुरा नाभीबाट थाहा हुन्छ । समुद्रशास्त्रका अनुसार जुन स्त्रीको नाभी समतल हुन्छ त्यस्ता स्त्रीहरुसँग भने सचेत हुनु पर्छ ।

यिनीहरुले विश्वास गर्दैनन् र विश्वासिला पनि हुँदैनन् । यस्ता स्त्रीले दुःख दिन आइतबार कुर्दैनन् । सामान्यतया नाभी केन्द्र भागमा हुन्छ तर जुन स्त्रीको नाभी फरक स्थानमा हुन्छ यस्ता स्त्री उर्जावान र उत्साही हुन्छन् । यिनीहरु आफ्नो क्षेत्रमा सफल हुन्छन् । यिनीहरुलाई खेल क्षेत्रमा बढी सफलता मिल्छ ।

शास्त्रका अनुसार जुन महिलाको नाभी अलिकति बाहिर निस्किएको हुन्छ उनीहरुलाई सन्तान जन्माउन समस्या हुन्छ । गर्भधारणमा समेत यिनीहरुलाई समस्या हुने बताइन्छ । जुन स्त्रीको नाभी लामो र अनियमित हुन्छ त्यस्ता स्त्रीमा आत्म विश्वास बढी हुन्छ । यस्ता स्त्रीहरु आफ्नै खुट्टामा उँभिन चाहने र स्वाभिमानी हुन्छन् । यिनीहरुको चिनजान गर्ने र घुलमिल हुने स्वभाव हुन्छ।

यसकै कारणले पुरुषहरुसँग उनीहरुको सम्बन्ध भने समय समयमा समस्यामा पर्छ । त्यसैगरी जुन स्त्रीको नाभी गहिरो हुन्छ त्यस्ता महिला भावुक हुन्छन् । यस्ता महिलाहरु रुन र हाँस्न बेर लगाउँदैनन् र यिनीहरुको मन सफा हुन्छ। यिनीहरु सुन्दर पनि हुन्छन् तर स्वास्थ्यमा भने समस्या हुन्छ । जुन स्त्रीको नाभी माथि उठेको हुन्छ त्यस्ता महिला गोरी र सुन्दर हुन्छन् ।

यिनीहरु मिनलसार र रोमान्टिक हुन्छन् । यस्ता महिलाको जीवनमा अकस्मात धनलाभ पनि हुन्छ । यिनीहरुलाई धनी र सुन्दर पति मिल्छ ।शास्त्रका अनुसार जुन स्त्रीको नाभी गोलो हुन्छ ती गुणवान हुन्छिन् । सामान्य तया यिनीहरुको स्वास्थ्य राम्रो हुन्छ र बुद्धीमान पनि हुन्छन् । यिनीहरुको स्वभाव दयालु हुन्छ । यसका कारण परिवार र समाजमा सम्मानित पनि हुन्छन्।

Post a Comment

Previous Post Next Post