जब आकाशबाट सडकमा माछा खस्न थालेपछि (भिडियो सहित)

आकाशबाट माछा किन र कसरी बर्सिन्छन् ?यदाकदा हामीले आका’शबाट माछा वर्षिएको समाचार सुनेका छौं । हावाको चाप कम भएको स्थानमा बढी चाप भएको क्षेत्रबा’ट तीव्र गतिले हावा बहन्छ ।

तीव्र गतिले हावा ब’ढ्दै जाँदा दायाँ बायाँ र अगाडिबाट आइरहेको त्यस्तै शक्तिशाली हावासँग ठोकिएर फर्कन खोज्छ । यसरी विपरीत दिशाबाट आएका हावाले जोड’सँग धकेल्दा उक्त ठाउँ’मा भुमरी पर्छ ।

हिँडडुल गर्दा मैदान वा बाटो’मा यस्तो भुमरी देख्छौं’ । भुमरी पर्दा जमिनको धुलो, कपडा तथा कागज’का टुक्रा, रूखका पात निकै माथिसम्म पुग्छन् ।

हावा’को बेग जब कम हुन्छ तब ती सबै वि’स्तारै जमिनमा खस्छन् । ठुल्ठूला भुुमरी पर्दा अक्सर आँधी–बेहेरी चली धुलो उड्ने, मेघ गर्जने र सिमसि’म पानी पर्ने हुन्छ । त्यस’बेला कहीँ–कतै आ’काशबाट माछा बर्सेको हामीले सुनेको वा देखेका छौं ।

भुमरी समुद्र, ठूला ताल र पोख’रीमा पनि पर्छ । अति शक्तिशाली त्यो भुमरीले पानी’को माथिल्लो भाग छोएपछि पानीको सतह घुम्छ र घुमाइको शक्ति भित्री पिंधमा ठोकिएर भुमरी जोड’ले हुतिएर माथि’सम्म आउँछ ।

त्यसवेला भुम’रीले माछा, भ्यागुता, स–साना किरा लिएर आएको हुन्छ । त्यसलाई हावाले उडाएर आकाशसम्म पु¥याउँछ । अनि भुम’रीको शक्ति कम भएपछि माछालगायत किरा जमि’नमा खस्छन् । –एजेन्सीको सहयोगमा ( यसको भिडियो हेर्न तल जानुहोला )

Post a Comment

Previous Post Next Post