कठै ! २६ वर्ष कै उमेरमा श्रीमान बितेका थिए,अर्को विवाह नगरी जुत्ता सिलाएर छोराछोरी पालेर अहिले यस्ती भइन् (भिडियो हेर्नुस्

रुपन्देही जिल्लाको तिलोत्तमा बस्दै आएकी प्रतिमा पन्त एकल महिला हुन । दुई सन्तानकि आमा प्रतिमा अहिले थुप्रै महिलाहरुक प्रेरणाकि श्रोत बनेकी छिन । महिलाले पनि घर चलाएर खान सक्छन भन्ने उदाहरण बनेकी छिन अहिले प्रतिमा पन्त । बिबाह गरेर दुई सन्तान भए पछि उनका श्रीमानकि मृ’त्युु भयो । २६ वर्कै उमेरमा बि’धुवा बनेको प्रतिमाको जिन्दगीमा त्यो बेला सहनै नसक्ने अवस्था आएको थियो । श्रीमानको मृ’त्युको शो’क त छदै थियो, साथमा नाबालक छोराछोरी हुर्काउने जिम्मेवारी पनि


आफ्ना ती दुखका दिनहरुबाट अहिले यो अवस्था सम्म आइपुग्दा आफुले आफ्नो लक्ष पूरा गरेको जस्तो अनुभव हुने गरेको प्रतिमा बताउँछिन । २६ वर्ष कै उमेरमा बिधुवा बन्दा गाउँ समाजले पनि फरक दृस्ठिकोणले हेर्ने गरेको उनी सम्झिन्छिन । उमेर छदै बिधुवा बनेकी के बस्छे होला र ? छोराछोरीको पो बिजोक हुने भयो भन्ने जस्ता कुराहरु पनि त्यो बेलामा थुप्रैले गरेको उनी बताउँछिन । तर आफ्नो सोच भने आफू केही गरेर भए पनि छोराछोरी हुर्काएर बस्ने तर अरु बिहे नगर्ने भएकोले गर्दा नै अहिले यो अवस्थामा आएको उनी बताउँछिन ।

श्रीमानको मृ’त्यु पछि एकल महिला बनेकी उनलाई स्थानिय एक सहकारीले बुटिक तालिम दिए पछि आफुले त्यही एक महिनाको तालिमबाट सिकेको कुराले काम गर्दै जादाँ अहिले यहासम्म आईपुगेको बताईन । प्रतिमा अहिले हाते झोला, महिलाले लगाउने पोते माला, कुसन, जुत्ता चप्पल लगाएत सामाग्रीहरु बनाएर बेच्ने गर्दछिन । जसका लागि तिलोत्तमा नगरपालिकाले पनि आफुलाई सहयोग गरेको उनले बताउँछिन । एकल महिलाका लागि भन्दै नगरपालिकाले विभिन्न तालिमहरु संचालन गरि आफुहरुलाई तालिम दिएको उनले बताईन ।

सुरुवाती दिनमा आफुले बनाएका सामानहरु घरघरमा लगेर केही किनिदिनुस यहि पैसा लगेर आफुले छोराछोरीलाई पढाउने र खुवाउने भन्दै आग्रह गर्दै हिडेको उनी बताउँछिन । बिस्तारै आफुले अन्य समानहरु पनि बनाउन सिक्दै गए पछि ती सामानहरु सबैले मन पराईदिन थाले पछि आफुले बजार लगेर बेच्न थालेको उनले बताईन । सुरु सुरुमा घर घर गएर बेच्ने उनी पछि बजार गएर बेच्न थालिन । त्यहाँबाट राम्रै कमाउन थाले पछि उनले आफ्नो लगानी बढाउदै लगएको बताईन ।

अहिले उनी थुप्रै ठाउँमा बुट्क सम्बन्धि तालिम पनि दिन जाने गरेकी छिन । साथै घरै पनि सिक्न चाहानेहरुलाई उनले सिकाउने गरेको बताईन । त्यसबाट आफु जस्तै दुख पाएका थुप्रै महिला दिदिबहिनीहरुले अहिले आफै काम गरि कमाउन थालेको उनले बताईन । दुख परेर केही गर्छु भन्ने तर पैसा नभएर गर्न नसकेकाहरुलाई आफुले निशुल्क सिकाउने गरेको पनि बताईन । साथै त्यस्ता यदि कोहि भए आफुकहाँ पठाई दिन पनि आग्रह गरिन । अहिले विभिन्न स्थानमा तालीम दिन जादा पनि ६0/७0 हजार मासिक कमाउने गरेको उनि बताउछिन । आफैले बनाएको पनि बजार बेच्न लैजादा दैनिक ४/५ हजार हुने उनको भनाई छ ।

भिडियो हेर्नुस्

Post a Comment

Previous Post Next Post