जब मान्छेलाई समस्या पर्छ तब मात्र मान्छेले बोल्छ ।त्यो भन्दा अगाडि उसले के गर्छ केहि थाहा हुँदैन ।कैलाली जिल्लामा एक दाजु र बहिनीको अबैध सम्बन्ध बारे प्रश्न उठेको छ ।
दाजु बहिनी सँगै पढ्दै आएका थिए ।कहिले दाजु र कहिले बैनीको घरमा उनीहरू बस्ने गर्द थिए ।पुरन परियार नाम गरेका उक्त व्यक्तिले बहिनी लक्ष्मी परियारसँग संगै पढ्दै गर्दा सम्बन्ध गासिन्छ र एउटा बच्चा पेटमा आउदछ ।बच्चा जन्मनु भन्दा अगाडि पुरनले उनलाई आफ्नु श्रीमती भनेर स्वीकार गरेका थिए र प्रहरी प्रशासनमा उनीहरूको निवेदन पेस भएका छन्
र प्रहरीमा पनि उनले श्रीमती र बच्चा स्वीकार गर्ने बताएका थिए ।लक्ष्मीलाई पुरनले आफ्नै घरमा राख्ने गरी लिएर जान्छन् ।तर घर लगेको एक रात नबित्दै उनी भोलिपल्ट भागेर भारत तर्फ जान्छन् ।अहिले छोरो ३ वर्षको भइ सक्दा पनि पुरनको अत्तोपत्तो छैन ।लक्ष्मीको फोन पनि उनी उठाउदैनन् र सामाजिक संजालमा उनलाई बल्क गरेका छन् ।
यसरी आफू छोरा लिएर एक्लै बस्नु परेको हुँदा निकै गाह्रो भएको र छोरा पढाउने बेला हुँदै गर्दा आफुलाई समस्याहरुले गाँझ्दै आएको लक्ष्मी बताउँछिन् ।
भिडियो हेर्नुस्