स्याङ्जा भीरकोटमा जीप दु’र्घटना हुँदा एक जनाको मृत्यु , ६ जना घा’ईते

स्याङ्जा। स्याङ्जाको भीरकोट नगरपालिकामा आज बिहान जीप दु’र्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीरकोट नगरपालिका ३ , ३६ वर्षीय गणेश जंग अधिकारी रहेको प्रहरीले बताएको छ ।

भीरकोटको बानेथोकबाट बयारघारी आउँदै गरेको ग १ ज ४९४० नम्बरको जीप छाङ्छाङ्दीमा आज बिहान दुर्घटना हुँदा ७ जना घा’ईते भएका थिए । घाईतेमध्ये एक जनाको कालिका सामुदायिक अस्पताल हेलुमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो ।

Post a Comment

Previous Post Next Post