छोराले गरे बाबुको ह’त्या, कारण थाहा पाउँदा छक्क पर्नुहुनेछ

शिवराज नगर पालिका ९ भगवानपुर का ४२ वर्षीय गोरे भन्ने चन्द्र बहादुर थापा को ह’त्या भएको छ। थापा को ह त्या उन कै झड्केला छोरा ले गरेको खुलेको कपिल वस्तु प्रहरी ले जनाएको छ।

झड्केला छोरा अशोक भन्ने जयन पुन मगरले आफू र आमालाई घरमा बस्न नदिएको भन्दै किरण महरालाई बोलाएर ह’त्या गरेको खुलेको छ।

आफ्नी आमालाई दु:ख दिएको आरोपमा उनले महराको सहयोग लिएर ह’त्या गरेको प्रहरीले जनाएको छ। थापाको कात्तिक ४ गते कपिलवस्तुको विजयनगर गाउँपालिका-५ बनगाईस्थित पोखरीमा श व फेला परेको थियो। प्रहरीले घटना शंकास्पद देखेपछि अनुसन्धान थालिएको थियो।

त्यसदिन राति थापालाई मगरले बोलाएर स्कुटरमा लगेका थिए। लगेपछि मगर र महरा दुबैले कु’टपि’ट गरी ह’त्यापछि पोखरीमा श व फालेको प्रहरीले जनाएको छ। ‘आफू र आफ्नी आमालाई घरमा बस्न नदिएको रिसमा ह’त्या गरेको बयान उनले दिएका छन्,’ प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले भने।

थापाले घरमा बस्न नदिएपछि आमासहित मगर विजयपुर-६ मा बस्दै आएका थिए। त्यदिन महरा र मगर दुबैले मादक पदार्थ से’वन गरेका थिए। दुबैले राति १० बजे थापालाई बोलाई लु४६प ४१८९ मा चढाएर विजयनगर-५ पोखरीनजिक पुर्‍याएका थिए। कु’टपि’ट गर्दा ज्यान गएपछि पोखरीमा फालिदिएका थिए।

दुबैलाई कर्तव्य ज्यान मुद्दामा थुनामा राखेर अनुसन्धान थालिएको भण्डारीले बताए।

Post a Comment

Previous Post Next Post