सुत्केरी महिलाले ६ हप्तासम्म गर्नैपर्छ यी काम, नत्र देखिन्छ यस्तो समस्या


काठमाडौँ । गर्भावस्था भनेको एकदमैं संवेनशिल अवस्था हो । यस अवस्थामा महिललाले धेरैं कुराहरुमा ख्याल गर्नुपर्छ । सुत्केरी पश्चात आमाले गर्नुपर्ने धेरैं कुराहरु हुन्छन जुन कुराहरु आज हामी चर्चा गर्न गइरहेका छौं।बच्चाको सुन्दर भविष्यको लागि बच्चा र आमा दुवैंको स्वास्थ्य ठिक हुनुपर्छ। आज हामी सुत्केरी महीलाको लागि आवश्यक केही कुराहरु लिएर आएका छौं ।

-सुत्केरी पश्चातको ७ हप्ता निकै संवेदनशिल तथा महत्वपूर्ण समय मानिन्छ । यस समयमा सुत्केरी लाई बढी आराम तथा आहार-विहारको आश्यकता पर्दछ ।

-बच्चा जन्मिने बितिकै जति सक्दो छिटो आमालाइृ पाठेघरको मालिस गर्न लगाउनु पर्दछ । हत्केलाले बिस्तारै पाठेघर डल्लो र्पदा सम्म मालिस गर्नु पर्दछ । जसले गर्दा पाठेघर खुम्चीन मद्दत गर्छ र रगत कम बग्छ ।

-बच्चा जन्मिने बितिकै आमालाई तुरुन्त पिसाब र्फन लगाउने जसले गर्दा पाठेघर आफ्नो ठाउँमा आउछ जसले गर्दा खुम्चीन र रगत कम बग्न मद्दत गर्छ ।

-सुत्केरी पश्चात आमालाई कम्ति पनि २४ घण्टासम्म बिशेष निगरानिमा राख्नुपर्छ , जसले गर्दा कुनैपनि खतराका लक्षण देखिएमा तुरुन्तै उपचार गर्न सकिन्छ ।

-विशेषगरी सुत्केरी आमा हस्पिटलबाट डिस्चार्ज भएर घर गईसके पछि ३ दिन र ७ दिनको दिनमा जाँचको लागि पुनःहस्पिटल जानुपर्दछ ।

-खानपान , परिवार नियोजन तथा जन्मान्तरको विषयमा आमा तथा परिवारलाई परामर्श लिनुपर्छ ।

-आमालाई प्रशस्त मात्रमा झोलिलो खानेकुरा तथा पानी खान दिने ।

Post a Comment

Previous Post Next Post